गलत हल्ला चलेको भन्दै नेता निधिको आपत्ति

गलत हल्ला चलेको भन्दै नेता निधिको आपत्ति


जनकपुरधाम, १५ मंसिर । नेपाली काँग्रेसका नेता एवं धनुषा जिल्ला क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विमलेन्द्र निधिले आफ्नो बारेमा राष्ट्रियसभा सदस्यका प्रशंग कपोलकल्पित भएको बताएका छन् । 

जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उनले आफू प्रतिनिधिसभा सदस्यको उम्मेदवारी त्याग गरी राष्ट्रियसभाको सदस्य बन्ने कुरा पूर्णतः असत्य हो भने । नेता निधिले आफ्नो उम्मेदवारी त्याग बारेमा अभिव्यक्ति दिनेलाई नै उम्मेदवारी त्याग गर्न आग्रह गर्दै आफू कतै छोडेर नगएको र प्रतिनिधिसभा सदस्य उम्मेदवार छु भने । 

उनले आफू यही जन्मेको, संघर्ष गरेको, विकासका पूर्वाधार स्थापना गराएको, जनकपुरलाई राजधानी बनाउन र राजर्षीजनक विश्वविद्यालय स्थापना गराउन प्रयासरत रहेका कारण आफ्नो बारेमा राष्ट्रियसभा सदस्यलाई जोडेर सार्वजनिक भएको कुरा निराधार भएको स्पष्ट पारे  । 

एक प्रश्नको जवाफमा उनले आफ्नो कसैसँग प्रतिस्पर्धा नभएको उल्लेख गर्दै आफू अनुमान गरेका भन्दा अधिक मत प्राप्त गर्ने दाबी गरे । नेता निधिले देशमा राजनीतिक स्थिरता र मधेश मुद्दाको सम्बोधन सन्दर्भमा संविधान संशोधनका लागि नेपाली काँग्रेसलाई बहुमत दिन मतदातालाई आग्रह गरे । रासस

Logo