काठमाडौं,१५, मंशिर
तरकारीको मूल्य क्रमिक रूपमा ओरालो लाग्न थाले पनि बजारमा प्याजको मूल्य भने एक्कासी बढेको छ । स्थानीय बजारमा प्याजको मूल्य प्रतिकेजी १ सय ३५ रुपैयाँ सम्म पुगेको छ । "/>

प्याजको खुद्रामुल्य प्रतिकेजी डेढसय नजिक !

प्याजको खुद्रामुल्य प्रतिकेजी डेढसय नजिक !


काठमाडौं,१५, मंशिर
तरकारीको मूल्य क्रमिक रूपमा ओरालो लाग्न थाले पनि बजारमा प्याजको मूल्य भने एक्कासी बढेको छ । स्थानीय बजारमा प्याजको मूल्य प्रतिकेजी १ सय ३५ रुपैयाँ सम्म पुगेको छ । व्यवसायीले भारतबाटै भाउ बढेर आएकाले महँगो भएको दावी गरिरहे पनि मूल्यवृद्धि अस्वभाविक भएको भन्दै सरकारले बिहीबार बजार अनुगमन गरेको छ । भारतले निर्यातमा कडाइ गरेपछि प्याजको मूल्य बढेर आएकाले त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको व्यवसायीको भनार्इ छ । एक साता अघि प्रतिकेजी ८० रुपैयाँ रहेको प्याजको खुद्रा मूल्य अहिले बढेर १ सय ३५ रुपैयाँ पुगेको छ । मूल्य बढेर आएको बहाना देखाउँदै व्यवसायीले पसलपिच्छे फरकफरक मूल्य लिइ उपभोक्ता ठगिरहेको अधिकारकर्मीहरू बताउँछन् । भारतमा प्याजको उत्पादन कम भएकाले मूल्य बढ्न गएको व्यापारीको भनाइ छ । कालीमाटीका प्याज विक्रेता भरत उप्रेतीले भारतमा प्याजको उत्पादन कम भइ मूल्य बढेर आएकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको बताए । “पुरानो उत्पादन बिक्री भइसके पछि नयाँ उत्पादन बजारमा आउँदा महँगो भएको छ,” उनले भने, “ भारतमै प्याजको उत्पादन कम भएपछि बजारमा महँगो पर्न गएको हो ।” कालीमाटी बजारमा बुधबार प्रतिकेजी प्याजको होलसेल मूल्य नै १ सय ५ रुपैयाँ पुगेको छ । भारतमै प्रतिकेजी प्याजको मूल्य भारु ५५ रहेको उनले जानकारी दिए ।
कालीमाटी बजारमा दैनिक १० गाडी प्याज भित्रने गरेकोमा केही दिन यता एक गाडी मात्र आएको व्यवसायी बताउँछन् । प्याजको मूल्य बढेकाले बजारमा यसको खपत घटेको छ । भारतबाट ९८ प्रतिशत आयात हुने भए पनि स्थानीय स्तरमा प्याजको उत्पादन नहुँदा नेपाल प्याजमा भारतसँग परनिर्भर छ ।
कारोबारबाट

Logo