पोखरा, १४, मंसीर
पोखरा–लेखनाथ महानगरपालिका–२५ हेम्जामा सञ्चालन भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा १ करोड ८० लाख संकलन गरी बुधबार साँझ सम्पन्न भएको छ । "/>

महायज्ञबाट १ करोड ८० लाख संकलन

महायज्ञबाट १ करोड ८० लाख संकलन


पोखरा, १४, मंसीर
पोखरा–लेखनाथ महानगरपालिका–२५ हेम्जामा सञ्चालन भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा १ करोड ८० लाख संकलन गरी बुधबार साँझ सम्पन्न भएको छ । सो ठाउँमा रहेको अम्बिका माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालय स्थापना गर्ने र विद्यालयको लागि थप जग्गा खरीद गर्ने उद्देश्यले मंसिर ५ गते देखि महायज्ञ सञ्चालन गरिएको थियो ।

महायज्ञमा बोधराज भण्डारीले १२ आना तीन पैसा एक दाम, शोभाखर दाहालले ६ आना र नेत्रपाणि भण्डारीले ५ आना जग्गा विद्यालयलाई दान गर्नुभएको महायज्ञ आयोजक मूल व्यवस्थापन समितिका कोषाध्यक्ष नवराज अधिकारी जानकारी दिए । महायज्ञमा सो ठाउँ निवासी प्रेमप्रसाद अधिकारीले सबै भन्दा बढी ६ लाख २५ हजार, शोभाकर दाहालले ५ लाख ५५ हजार ५५५, नेत्रपाणि भण्डारीले पाँच लाख पाँच हजार ५५५, शोभाखर भण्डारीले पाँच लाख पाँच हजार सहयोग गर्नुभएको थियो । महायज्ञमा पण्डित दीनबन्धु पोखरेल वाचक रहनु भएको थियो ।
रासस

Logo