सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो


काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य आज सामान्यरुपमा घटेको छ । आज सुन १ सय रुपैयाँले घटेको हो ।

यो हप्ताको शुरुको दिन आइतबार सुनको मूल्य प्रतितोला ९५ हजारमा कारोबार भएकोमा सोमबार पनि सोहि मूल्यमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार मंगलबार सुन प्रतितोला ९५ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै बुधबार ९६ हजार ३ सयमा कारोबार भएको सुन विहिबार (आज) भने ९६ हजार २०० मा कारोबार भइरहेको छ । महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९५ हजार ७ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने आज ५ रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला १ हजार २१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Skip This
Logo