‘प्रचण्डजी नहुने, आरजू राणा चाहिँ टुरिस्ट उम्मेदवार भनिने ? ‘

‘प्रचण्डजी नहुने, आरजू राणा चाहिँ टुरिस्ट उम्मेदवार भनिने ? ‘


केन्द्रबिन्दु संवाददाता । धनगढी, १३ मंसिर ।

नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि कैलाली–५ बाट उम्मेदवार बनेकी प्रधानमन्त्री पत्नी आरजू राणा देउवाले एमाले अध्यक्ष केपी ओलीप्रति व्यंग्य गर्दै चश्माको सट्टामा दूरविन प्रयोग गर्न सुझाव दिएकी छन् ।

बुधबार बिहान धनगढी–४ उत्तरबेहडीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आरजूले भनिन्, ‘ओलीजीले नेपालको संविधान पनि पढिदिनु भए राम्रै हुन्थ्यो । नेपालको संविधानमा कोही पनि नागरिक कहीं पनि जन्मिएर कहीं पनि उठ्न पाउने प्रावधान छ ।’

आरजूले माओवादी अध्यक्ष प्रचण्ड कहिले कीर्तिपुर, कहिले सिरहा, कहिले चितवनबाट उठिरहेको प्रसंग कोट्याउँदै अगाडि भनिन्, ‘उहाँचाहिँ टुरिस्ट नहुने । महिला भएकाले मलाई हेपेको हो, ओलीजी रु महिलालाई हेर्ने तपाईंको दृष्टि नमिलेजस्तो लाग्यो । तपाईंको दृष्टिलाई चश्मा होइन, टेलिस्कोप नै चाहिन्छ ।’

स्मरणीय छ, केही समयपहिले ओलीले धनगढी र डडेलधुरामा आयोजित चुनावी सभाहरूलाई सम्बोधन गर्ने क्रममा आरजूलाई टुरिस्ट उम्मेदवार भन्दै र प्रधानमन्त्री देउवाले विकासमा सिन्को नभाँचेको आरोप लगाएका थिए ।

उनले भनिन्, ‘यसपालिको वाम गठबन्धनले कांग्रेसमा लामो समयदेखिको विभाजनको रोग निवारण गर्न भ्याक्सिनको काम गरेको छ ।’

Logo