अन्डाको फन्डाः अन्डा शाकाहारी कि मांशहारी ?

अन्डाको फन्डाः अन्डा शाकाहारी कि मांशहारी ?


कुखुरी पहिले जन्म्यो कि अन्डा ? यो प्रश्न अहिलेसम्म अनुत्तरित नै छ । अब अर्को प्रश्न थपिएको छ, अन्डा शाकाहारी कि मांशहारी ?

हामी यस प्रश्नमा धेरै अलमलिन्छौ । किनभने यो आफैमा मासु जन्य होइन । वा मासु जस्तै कुनै सग्लो शरीर काटकुट गरिएको होइन । तर, यसको स्रोत भनेको कुखुरी नै हो । साथसाथै अन्डा, जसबाट चल्ला पैदा हुन्छ ।

अन्डा चल्लाको स्रोत मात्र होइन । मिठो खान्की पनि हो । अन्डाको थरीथरी परिकार बन्छ । मासु नखानेहरुले समेत अन्डा खाने गरेको पाइन्छ ।

कतिले भने यसलाई मांशहारीकै कोटीमा राख्ने गर्छन् । त्यही कारण उनीहरु मासु जस्तै अन्डा पनि खाँदैनन् । उनीहरुको तर्क हुन्छ कि, अन्डा भनेको कुखुराले दिने हो । यसले गर्दा यो ननभेज हो । तर, यस्तै तर्क गर्ने हो भने, दुधलाई पनि त ननभेज भन्नुपर्ने । किनभने यो पनि जनवारले दिने हो ।

अब तपाई भन्नुहुन्छ कि, अन्डाबाट बच्चा पैदा हुन्छ । तर, बजारमा पाइने अन्डा अनफर्टिलाइज्ड हो । अर्थात त्यसबाट कहिलेपनि चल्ला पैदा हुँदैन । हुनै सक्दैन ।
यो विवादलाई विज्ञानले सफाइ दिएको छ । विज्ञानले भन्छ, अन्डा शाकाहारी हो । रिसर्च अनुसार अन्डाको सेतो भागमा केवल प्रोटिन हुन्छ । त्यसमा मासुको कुनै अंश हुँदैन ।

Logo