काठमाडौं,१३, मंशिर
शिक्षक सेवा आयोगले हाल सम्म सात लाख ६५ जनालाई अध्यापन अनुमतिपत्र वितरण गरेको छ । विद्यालय तहमा अध्यापन गर्न स्थायी अध्यापन अनुमतिपत्र (लाइसेन्स) अनिवार्य गरिएपछि आयोगले ०६१ सालबाट वितरण गर्न थालेको हो । "/>

सात लाख शिक्षकले पाए अध्यापन अनुमतिपत्र

सात लाख शिक्षकले पाए अध्यापन अनुमतिपत्र


काठमाडौं,१३, मंशिर
शिक्षक सेवा आयोगले हाल सम्म सात लाख ६५ जनालाई अध्यापन अनुमतिपत्र वितरण गरेको छ । विद्यालय तहमा अध्यापन गर्न स्थायी अध्यापन अनुमतिपत्र (लाइसेन्स) अनिवार्य गरिएपछि आयोगले ०६१ सालबाट वितरण गर्न थालेको हो ।  आयोगका अनुसार प्राथमिक तहमा एक लाख ९८ हजार ८३०, निम्न माध्यमिक तहमा तीन लाख ६५ हजार २७५ र माध्यमिक तहमा एक लाख ३५ हजार ९६० जनाले लाइसेन्स प्राप्त गरि सकेका छन् । कक्षा ११ र १२ मा अध्यापन गर्नका लागि २२ हजार ९८६ जनालाई अस्थायी अध्यापन अनुमतिपत्र वितरण गरि सकिएको छ ।
आयोगका अनुसार लाइसेन्सको लिखित परीक्षामा माध्यमिक तहको उत्तीर्ण प्रतिशत ५०.६ र निम्न माध्यमिक तहमा ३१.४३ प्रतिशत छ । ०६८ सालबाट प्राथमिक तहमा लाइसेन्स वितरण गर्न रोकिएको छ । एक सय पूर्णाङ्कको लिखित परीक्षामा ५० अङ्क ल्याउनेले लाइसेन्स पाउने व्यवस्था छ । सबै विद्यालयमा अध्यापनका लागि लाइसेन्स अनिवार्य भए पनि निजी विद्यालयमा कार्यरत अधिकांश शिक्षकहरूका साथमा लाइसेन्स छैन भने सरकारले कडाइ गर्न सकेको छैन ।
गोरखापत्रबाट

Logo