काठमाडौं,१३, मंशिर
भूकम्पले ध्वस्त बनाएको धरहरा पुनर्निर्माणको योजना अलपत्र बनेको छ । नेपाल टेलिकमले हात झिके पछि धरहरा पुनर्निर्माण अलपत्र बन्न पुगेको हो । "/>

कहाँ पुग्यो धरहरा पुनर्निर्माण ?

कहाँ पुग्यो धरहरा पुनर्निर्माण ?


काठमाडौं,१३, मंशिर
भूकम्पले ध्वस्त बनाएको धरहरा पुनर्निर्माणको योजना अलपत्र बनेको छ । नेपाल टेलिकमले हात झिके पछि धरहरा पुनर्निर्माण अलपत्र बन्न पुगेको हो । टेलिकमले हात झिके लगत्तै सरकारले करिब दुई महिना अघि धरहरा पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएको थियो । तर प्राधिकरणको प्राथमिकतामा धरहरा अझै पर्न सकेको छैन । धरहरा पुनर्निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । प्राधिकरणका प्रवक्ता यमलाल भुसालले धरहरा पुनर्निर्माण प्रक्रिया खासै अघि नबढेको बताए । उनले भने, ‘धरहरा पुनर्निर्माणबाट टेलिकम पछि हट्यो । त्यसपछि सरकारले यसको पुनर्निर्माण गर्ने जिम्मा प्राधिकरणलाई दियो । त्यस यता यस सम्बन्धमा केही छलफल भने भएका छन् । तर ठोस निस्कर्ष निस्कने गरी छलफल भएको छैन । अब हुने बैठकमा यसले प्राथमिकता पाउला ।’ पुरातत्व विभागसँग सहमति नजुटेपछि धरहरा पुनर्निर्माणबाट टेलिकम पछि हटेको थियो । विभागले बनाएको डिपिआर टेलिकमले परिमार्जन गर्न खोजे पछि दुई बीच सहमति जुट्न सकेको थिएन ।
नयाँपत्रिकाबाट

Logo