केपी ओलीले भाषण गरिरहदाँ बम विष्फोट

केपी ओलीले भाषण गरिरहदाँ बम विष्फोट


काठमाडौं, १२ मंसिर । ललितपुरको लगनखेलमा वाम गठबन्धनले आयोजना गरेको चुनावी सभा नजिकै बम विष्फोट भएको छ ।

वाम गठबन्धन जिल्ला निर्वाचन परिचालन समितिले लगनखेलमा आयोजना गरेको चुनावी सभामा नेकपा एमालेका अध्यक्ष केपी ओलीले भाषण गरिरहेको समयमा नजिकै रहेको नमुना मछिन्द्र आवासीय माध्यमिक विद्यालयमा बम विष्फोट भएको थियो । बम विष्फोटनवाट कुनै किसिमको मानविय क्षति नभएको प्रहरीले जनाएको छ । बिष्फोटनको आवाज ठुलो भएको कारण विद्यालयका झ्यालका सिसाहरु फुटेका छन् ।

चुनावी सभा केही बेर रोकिएर पून: संचालन गरिएको थियो ।

Logo