नयाँ रिसर्च– चाडै मर्न सक्छन् यस्तो बानी भएको व्यक्ति

नयाँ रिसर्च– चाडै मर्न सक्छन् यस्तो बानी भएको व्यक्ति


काठमाडौं, १२ मंसिर । हालै अमेरिकाका बैज्ञानिकहरुले गरेको एक अध्ययनबाट के देखिएको छ भने, धेरै रिसाउने ब्यक्तिको मृत्यु समयभन्दा अगाडि हुन्छ । एकदमै रिसाउने वा रिसाइरहने व्यक्ति लामो समय बाँच्दैनन् । उनीहरुको आफ्नो बाँच्ने उमेरभन्दा कम समयमै मृत्यु वरण गर्छन् ।

बैज्ञानिकहरुले रिसको प्रभावमाथि अध्ययन गरेका थिए । त्यस अनुसार रिसले शरीरमा गलत असर पर्ने कुरा खुलासा गरेका थिए ।

इवोभा स्टेट युनिभर्सिटीमा गरिएको अध्ययन अनुसार रिसाह व्यक्तिको मृत्यु नरिसाउने ब्यक्तिको तुलनामा डेढ गुणा अघि नै हुने जनाइएको छ । रिसाउने व्यक्तिको शरीरमा केहि किसिमको रासायनिक परिवर्तन हुन्छ । यसले चिन्तादेखि केहि मनोरोग पनि पैदा गर्छ । साथै उनीहरुको डिएनए पनि खराब हुन्छ । यसले ज्यान लिने रोग ल्याउँछ । रिसको कारण व्यक्तिको मस्तिष्क बढी सक्रिय हुन्छ र मस्तिष्कले आरम पाउँदैन ।

Logo