लालबाबु पण्डितलाई तर्साउन बम विष्फोटन

लालबाबु पण्डितलाई तर्साउन बम विष्फोटन


विराटनगर, १२ मंसिर । मोरङमा आज बिहान ८ः५० बजे सुतली बम पड्किएको छ । 

बूढीगंगा गाउँपालिकाको हात्तीमुढा–५ स्थित नहरमा अज्ञात व्यक्तिले बम पड्काएर भागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त बम पड्किएको स्थानबाट करिब ५०० मिटर टाढाको गाउँमा क्षेत्र नं ६ मा वाम गठबन्धनका उम्मेदवार लालबाबु पण्डित घरदैलो कार्यक्रममा व्यस्त हुनुहुन्थ्यो । उहाँलाई तर्साउने उद्देश्यले सो बम विष्फोट गराइएको प्रहरीको अनुमान छ । 

Skip This
Logo