काठमाडौं,१२, मंशिर
मापदण्ड अनुसार काम नगरेको भन्दै बंगलादेशले २४ वटा मेडिकल कलेजलाई कालोसूची राखेको छ । यसको प्रत्यक्ष मारमा ती कलेजमा अध्ययन गरिरहेका दुई सय नेपाली विद्यार्थी पनि परेका छन् । "/>

बंगलादेशका २४ मेडिकल कलेज कालोसूचीमा

बंगलादेशका २४ मेडिकल कलेज कालोसूचीमा


काठमाडौं,१२, मंशिर
मापदण्ड अनुसार काम नगरेको भन्दै बंगलादेशले २४ वटा मेडिकल कलेजलाई कालोसूची राखेको छ । यसको प्रत्यक्ष मारमा ती कलेजमा अध्ययन गरिरहेका दुई सय नेपाली विद्यार्थी पनि परेका छन् । कालोसूचीमा परेका २१ कलेजमा नेपाली विद्यार्थी पनि अध्ययनरत छन् । विद्यार्थी भर्ना गरेर मापदण्ड अनुसार काम नगरेकाले बंगलादेशको डाइरेक्टोरेट जनरल अफ हेल्थ सर्भिस (डिजिएचए) र बंगलादेश मेडिकल एन्ड डेन्टल काउन्सिल (बिएम एन्ड डिसी) ले २१ वटा र नेपाल मेडिकल कलेजले थप तीन वटा कलेजमा विद्यार्थी भर्ना लिन रोक लगाएको हो ।

बंगलादेशमा मेडिकल अध्ययनका लागि प्रत्येक वर्ष चार सयको हारहारीमा नेपालीहरु जाने गरेका छन् । अहिले बंगलादेशका २१ वटा कलेजमा अध्ययन गर्ने झन्डै दुई सय नेपाली विद्यार्थी समस्यामा परेका नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले जनाएको छ । इक्यानका अध्यक्ष प्रकाश पाण्डेका अनुसार २१ वटा कलेजमा भर्ना रोक लगाए पनि अध्ययन भइसकेका विद्यार्थीलाई ठूलो समस्या नभएको बताए । इक्यानले अभिभावक तथा विद्यार्थीलाई अन्योल नभएको भन्दै बंगलादेशमा रोक लगाएका कलेजहरूको सूची समेत सार्वजनिक गरेको छ ।
नयाँपत्रिकाबाट

Logo