२६ लाख भारुको बाइकमा हुँईकिने जोनको बाइक कलेक्सन

२६ लाख भारुको बाइकमा हुँईकिने जोनको बाइक कलेक्सन


मुम्बाई, ११ मंसिर । बलिउडका धेरै अभिनेताहरू बाइकका सौखिन छन् भन्ने सबैलाई थाहा छ । त्यसै मध्येका एक हुन् जोन अब्रहम । उनी महंगा बाइक चढ्नका सौखिन हुन् । मुम्बाईको सडकमा तिब्र गतिमा बाइक हुँईकाउनु उनको शौख नै हो ।

पछिल्लो पटक जोन नयाँ बाइकमा हुँईकिएको अवस्थामा भेटिए । त्यतिबेला उनी यामाहाको भिम्याक्समा थिए । भनिहालौ, यो बाइक महंगो बाइक मध्येमा पर्छ । यसको मूल्य नै २६ लाख ९४ हजार भारतिय रुपैयाँ छ । अब नेपालको कुरै छाडौ । भारतमै सामान्य कार किन्ने हो भने, यत्तिका पैसाले तीन वटा भन्दा बढी कार आउँछ ।

जोन, महंगा बाइक र कारको सौखिन हुन् । उनको बाइक कलेक्सनमा राजपुताना लाइट फुट, डुकाटी डिवेल, कावासाकी निन्जा, सुजुकी हायाबुसा, महिन्द्रा मोजो आदि सामेल छ ।

गाडीको पनि उत्तिकै सौखिन छन्, जोन । उनीसँग भारु दुई करोड रुपैयाँ पर्ने निसान जीटी आर, करिब भारु चार करोड पर्ने ल्याम्बोर्गिनी गालाराडो, औडी क्यु एफ, औडी क्यु थ्रि, मारुती जिप्सी आदी सवारी साधनहरु रहेको छ ।

Skip This
Logo