काठमाडौं,११,मंशिर
संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा भवन माघ अघि तयार नहुने भएको छ । तल्लो सदन प्रतिनिधिसभा समेत तयार हुन माघको तेस्रो साता सम्म लाग्ने भएको छ । "/>

संघीय संसदको सभाहल माघ अघि तयार नहुने

संघीय संसदको सभाहल माघ अघि तयार नहुने


काठमाडौं,११,मंशिर
संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा भवन माघ अघि तयार नहुने भएको छ । तल्लो सदन प्रतिनिधिसभा समेत तयार हुन माघको तेस्रो साता सम्म लाग्ने भएको छ । संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभाहल पुनर्संरचनाका लागि सरकारसँग तीन करोड ५० लाख रुपैयाँ माग गरेको छ । सुरुमा प्रतिनिधिसभा बैठक बस्ने र राष्ट्रिय सभाको निर्वाचनपछि मात्रै माथिल्लो सदनको भवन चाहिने भएकाले सचिवालयले प्रतिनिधिसभाको तयारीलाई मुख्य प्राथमिकता दिएको छ । २१ मंसिरमा सम्पन्न हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन पछि अन्तिम मत परिणाम सार्वजनिक हुन पुसको पहिलो साता सम्म लाग्न सक्ने आकलनसाथ सभाहल निर्माण अघि बढाइएको सचिवालयका प्रवक्ता डा.भरतराज गौतमले बताए । ‘अन्तिम परिणाम आएको मितिले समेत केही साता प्रतिनिधिसभाको बैठक बस्न नपर्ने संवैधानिक व्यवस्था भएकाले माघको तेस्रो साता देखि बैठक बस्न सक्ने गरी भवन तयार पार्ने हाम्रो लक्ष्य छ । राष्ट्रिय सभाको निर्वाचन प्रतिनिधिसभा भन्दा पछाडि भएकाले राष्ट्रिय सभा बस्ने हल भने त्यसपछि मात्रै तयार हुनेछ, ’उनले भने ।

यस अघि संविधानसभाको दुई कार्यकाल र रूपान्तरित व्यवस्थापिका संसद एक सदनात्मक भएकाले राष्ट्रिय सभा भवन निर्माण गर्न बढी खर्च लाग्ने प्रवक्ता गौतमको भनाइ छ । ‘यस अघि व्यवस्थापिका संसद रहेको हलमा प्रतिनिधिसभा राखिनेछ । ६०१ सदस्यीय संविधानसभालाई पुग्ने गरी राखिएका कुर्सी २७५ सदस्यीय प्रतिनिधिसभामा बढी हुने भएकाले केही कुर्सी हटाइनेछ र प्रतिनिधिसभा भवन तयार पारिनेछ । तर राष्ट्रिय सभाको हल भने पूरै परिकल्पना गरेर बनाउनु पर्नेछ,’ उनले भने ।
नयाँपत्रिकाबाट

Skip This
Logo