नेपालगन्ज,मंसिर, १०

पहिलो चरणमा निर्वाचन हुन लागेका ५ र ६ नम्बर प्रदेशका केही मतदान स्थल टेलिफोन सम्पर्क समेत हुन नसक्ने स्थानमा राखिएका छन् । "/>

मतदान स्थलमा सञ्चार सम्पर्क समेत छैन

मतदान स्थलमा सञ्चार सम्पर्क समेत छैन


नेपालगन्ज,मंसिर, १०

पहिलो चरणमा निर्वाचन हुन लागेका ५ र ६ नम्बर प्रदेशका केही मतदान स्थल टेलिफोन सम्पर्क समेत हुन नसक्ने स्थानमा राखिएका छन् । अत्यन्त दुर्गम र सुरक्षाका दृष्टिकोणले समेत उच्च जोखिम रहेका यी स्थानमा हवाई निगरानी बढाउन स्थानीय प्रशासनले माग गरेका छन् ।

माथिल्लो डोल्पामा पर्ने तीन वटा गाउँपालिकाका कुनै पनि मतदान स्थल सञ्चार सम्पर्कमा छैनन् । ती ठाउँको अवस्था बुभ्mन सुरक्षा निकायको सञ्चारसेटमा भर पर्नुपर्ने अवस्था छ । ‘टेलिफोन सम्पर्क नहुने ठाउँमा हामीले सुरक्षा सतर्कता अझ बलियो बनाएका छौं,’ मध्यपश्चिम क्षेत्रीय प्रशासक सुरेशमान प्रधानले भने, ‘तत्कालका लागि सुरक्षाकर्मीको सञ्चार सेटमा भर पर्नुको विकल्प छैन ।’ पूर्वी रुकुमका नौ मतदान केन्द्र सञ्चार सम्पर्क बाहिर छन् । रन्मामैकोट, अर्जल, हुकाम, पेल्मा, सिस्ने, जाङ, खाराबाङ, कोल र राङ्सी केन्द्रमा टेलिफोन टावर छैन । पेल्मा केन्द्रमा त सुरक्षाकर्मीको सञ्चारसेटले पनि काम गर्दैन । करिब दुई घण्टा दूरीमा पर्ने रन्मा पुगेर खबर टिपाउनु पर्छ । ‘हामीले यस्ता केन्द्रमा सूचना संयन्त्रमा विशेष ख्याल गरेका छौं,’ पूर्वी रुकुमका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र सापकोटाले भने ।
नागरिकबाट

Logo