भक्तपुर, ८, मंसिर
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा भक्तपुरमा निर्वाचन आचारसंहिता उल्लंघन बढेको छ । "/>

आचारसंहिता उल्लंघनको क्रम भक्तपुरमा पनि उस्तै

आचारसंहिता उल्लंघनको क्रम भक्तपुरमा पनि उस्तै


भक्तपुर, ८, मंसिर
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा भक्तपुरमा निर्वाचन आचारसंहिता उल्लंघन बढेको छ । जिल्लाका विभिन्न स्थानमा तुल झुण्ड्याउने, ब्यानर र झण्डा राख्ने क्रम बढेको हो । निर्वाचन कार्यालयका प्रमुख उमेश राईले आयोगले जारी गरेको आचार संहिता विपरीत विभिन्न दलहरुलाई जिल्लाका अधिकांश क्षेत्रमा राखेका तुल तथा ब्यानर हटाउन र नटाँस्न निर्देशन दिए पनि निर्देशनको अवज्ञा गर्दै आएको बताए ।

चुनावी मैदानमा उत्रिएका नेकपा (एमाले), नेपाली काँग्रेस, माओवादी केन्द्र, नेपाल मजदुर किसान पार्टी लगायतका दलले आचारसंहिता उल्लंघन गरेको कार्यालयको भनाइ छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेमा निर्वाचन आयोगले कालोसूचीमा राख्ने देखि एक लाख सम्म जरिवाना गर्न सक्ने तथा उम्मेदवारको उम्मेदवारी खारेज समेत गर्न सक्ने अधिकार आयोगलाई छ । यसै गरी लगातार आचार संहिता उल्लंघन गर्नेलाई आगामी पाँच वर्ष सम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी कालोसूचीमा राख्नसक्ने व्यवस्था पनि छ ।
रासस

Logo