काठमाडौं ,८, मंशिर
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका सबै छोराछोरी नै आफ्ना लागि छोराछोरी सरह भएको बताएका छन् । "/>

देशका सबै छोराछोरी मेरा पनि छोराछोरी सरह हुन् :अध्यक्ष दाहाल

देशका सबै छोराछोरी मेरा पनि छोराछोरी सरह हुन् :अध्यक्ष दाहाल


काठमाडौं ,८, मंशिर
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका सबै छोराछोरी नै आफ्ना लागि छोराछोरी सरह भएको बताएका छन् ।  हिजो आफ्नै निवास लाजिम्पाटमा आयोजना गरिएको स्व. प्रकाश दाहालको श्रद्धाञ्जलि सभामा वितरण गरिएको लिखित मन्तव्यमा देशका सबै युवा–युवती हाम्रा छोरा प्रकाश जस्तै रहेको र तिनको समुन्नत भविष्यका लागि हामीले अझ धेरै मेहनत गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेको बताएका हुन् । मन्तव्यमा भनिएको छ, “प्रकाशको मृत्युपछि नेविसंघ, अनेरास्ववियू र अखिल (क्रान्तिकारी) सँगै युवा संगठनले पनि म र मेरो परिवारलाई संयुक्त सान्त्वना दिए र ‘हामी सबै तपाईंका छोराछोरी हौँ’ भनेर हाम्रो आत्मबल बढाए । प्रकाश अब छैनन् । तर देशका हरेक युवा–युवतीमा हामीले प्रकाशलाई देखेका छौं ।”

आफ्नो पारिवारिक शोकमा आम रुपमा प्राप्त भएको ऐक्यवद्धता हाम्रा लागि धेरै महत्वपूर्ण रहेको भन्दै उनले पीडामा साथ दिनुले खुशीमा साथ दिनु भन्दा धेरै महत्व राख्ने उल्लेख गरे ।  उनले भने ‘ तपाईंहरुको साथले हामीलाई एक मात्र पुत्रको वियोगको पीडा सहन र पीडासँग लड्न धेरै शक्ति मिलेको छ ।’ शोकको यो घडीमा आफूले देशबाट मात्रै होइन विश्वभरिबाटै समवेदना र सान्त्वना पाएको, नेपालका सबै राजनीतिक दल र तिनको नेतृत्वले हामीलाई दिएको समवेदना र ढाडस प्रति ऋणी रहेको अध्यक्ष दाहालको भनाइ छ ।
गोरखापत्रबाट

Skip This
Logo