काठमाडौं,७,मंशिर
राजधानीको भृकृटीमण्डपमा सम्पन्न हस्तकला व्यापार मेलामा १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र र हस्तकला महासंघको संयुक्त आयोजनामा भएको १५ औं हस्तकला प्रदर्शनीमा १५ करोड रुपैयाँको कारोबार भएको हो । "/>

हस्तकला मेलामा १५ करोडको कारोबार

हस्तकला मेलामा १५ करोडको कारोबार


काठमाडौं,७,मंशिर
राजधानीको भृकृटीमण्डपमा सम्पन्न हस्तकला व्यापार मेलामा १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र र हस्तकला महासंघको संयुक्त आयोजनामा भएको १५ औं हस्तकला प्रदर्शनीमा १५ करोड रुपैयाँको कारोबार भएको हो । महासंघका अध्यक्ष धर्मराज शाक्यले मेलामा १५ करोड रुपैयाँको कारोबार भएको बताए । २ लाख ५० हजार जनाले मेला अवलोकन गरेका छन् । मेलामा पस्मिना, छाला, अल्लो, ढाका लगायतका सामानको बिक्री बढी भएको महासंघले जनाएको छ ।
हस्तकलाका सामानप्रति ग्राहकको आकर्षण बढ्दै गएकाले पनि व्यापार राम्रो भएको महासंघका अध्यक्ष शाक्यले बताए । “गतवर्ष १४ करोड रुपैयाँको कारोबार भएको थियो,” अध्यक्ष शाक्यले भने, “स्वदेशी हस्तकलाका सामानप्रति ग्राहकको आकर्षण बढ्दै गएकाले पनि कारोबारमा वृद्धि भएको हो ।” हस्तकलाको व्यापार प्रवद्र्धन गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष मेला हुँदै आएको छ ।  पाँच दिन सम्म सञ्चालन भएको मेलामा स्वदेशी र विदेशी गरी दुई सय वटा स्टल राखिएको थियो । बंगलादेश, पाकिस्तान, चीन र भुटान, भारत, चीन, जापान र जर्मनीबाट व्यापारीहरु मेलामा सहभागी भएका थिए ।
कारोबारबाट 

Logo