तीन महिना लगातार बलात्कार गरिएकी युवतीको कथा

तीन महिना लगातार बलात्कार गरिएकी युवतीको कथा


इस्लामिक स्टेटका आतंककारीले यौनदासी बनाएर राखिएकी एक युवतीले आफ्नो दर्दनाक अनुभव सुनाएकी छिन् । उनले आफ्नो किताबमा यस्तो अनुभव सेयर गरेकी हुन् ।

किताबको नाम ‘द लास्ट गर्ल’ हो । उनी २४ वर्षकी भइन् । उनको नाम चाहिँ नाडिया मुराद हो ।

किताबमा उनले इस्लामिक स्टेट (आइएस) को चंगुलमा परेपछि कति कष्टकर दिनहरु गुजार्नुप¥यो भनेर खुलाएकी छिन् । उनी तीन महिनासम्म आइएस आतंकारीको कैदमा थिइन् । र, हरेक दिन उनलाई बलात्कार गरिन्थ्यो ।

२०१४ मा आइएसले ७ हजार महिला एवं युवतीलाई बन्धक बनाएको थियो । त्यसैमध्येकी थिइन् उनी पनि । त्यसबेला उनी १९ वर्षकी किशोरी थिइन् । गाउँबाट उनलाई उठाएर लगिएको थियो । तीन महिनासम्म उनी आतंकवादीबाट बलत्कृत हुँदै बसिन् । यसै बेला उनको परिवारलाई पनि बन्धक बनाइएको थियो । आइएसका आतंककारीले उनका आँखै सामुन्ने उनको भाइ र पिताको हत्या गरिदिएका थिए ।

 

उनलाई एक आतंकीको जिम्मामा छाडिएको थियो, जसले हरेक दिन उनलाई बलात्कार गथ्र्यो । उनका कपडाहरु सबै च्यातिदिन्थ्यो । उनी भाग्ने कोसिस गर्थिन् । तर, गार्डले पक्राउ गरिहाल्थ्यो । त्यसबेला उनले नराम्ररी कुटाइ खान्थिन् । पछि उनलाई गार्डकै जिम्मामा लगाइयो । गार्डले उनलाई लगातार बलात्कार गरिरहन्थ्यो ।

आइएस आतंककारीको चंगुलबाट उम्केपछि केही समय सम्हालिँदै बित्यो । सामान्य अवस्थामा फर्केपछि उनले यो पुस्तक लेखेकी हुन् । एजेन्सी

Logo