काभ्रे ,६,मंशिर

तपाईंको मोवाईलमा भाईबर एप्स छ ? छ भने होस गर्नुस तपाईंलाई भाईबर लोटरीका नाममा ठगि गर्ने गिरोहले फसाउन सक्छन् । "/>

भाईबर लोटरीका नाममा ठगी गर्ने गिरोह सक्रिय !

भाईबर लोटरीका नाममा ठगी गर्ने गिरोह सक्रिय !


काभ्रे ,६,मंशिर

तपाईंको मोवाईलमा भाईबर एप्स छ ? छ भने होस गर्नुस तपाईंलाई भाईबर लोटरीका नाममा ठगि गर्ने गिरोहले फसाउन सक्छन् । पछिल्लो समय सर्वसाधारणहरुको मोवाईलमा दुबई र भारतबाट नेपालीहरुको मोवाईलमा भाईबर लोटरीको नक्कली प्रमाणपत्र पठाएर ठगि धन्दा शुरु भएको छ । बनेपामा रहेको नेपाल एसविआई बैंकमा दैनिक एक/दुई जना ब्यत्तिmहरु लोटरी परेका, दुबईबाट सुन तथा चाँदीका गहना पठाएर भारतमा अड्किएको भन्दै खाता खोल्न पुग्ने गरेका छन् ।

‘हिजो मात्रै पनि एक जना दिदी दुबईबाट सामान भारतमा अड्किएको भन्दै आउनु भएको थियो’–नेपाल एसविआई बैकका सहायक प्रवन्धकले भने – ‘उहाँले साथीले सामान पठाईदिएको भन्नु भयो तर थर समेत भन्न सक्नु भएन ।’ उहाँलाई पनि नेपालमा रहेको एसविआई बैंकमा खाता खोलेर केहि रकम राजश्व वापत जम्मा गरिदिन भनिएको रहेछ । नेपालमा भएको बैंकबाट भारतमा रहेको एसविआई बैंकमा उनिहरुले दिएको खातामा रकम जम्मा गरिदिएपछि तिनिहरु सम्पर्कमै नहुने रहेछन् ।  सोमबार दिउसो बनेपाका एक युवा ब्यवसायीलाई भाईबरमा कल आयो । उनलाई दुबईबाट राजेश कुमार भन्नेले ९२३४९१२९५३२५ नम्बरबाट फोन गरेका थिए । ‘शुरुमै उनले तपाईलाई बधाई छ, भाईबर लोटरीको २५ लाख रुपैया तपाईले प्राप्त गर्नु भएको छ भने’–युवा ब्यवसायीले भने–‘अब तपाईंलाई भारतबाट फोन आउँछ उठाएर पैसा समेत रिसिभ गर्नु होला ।’ उनी केहि क्षण अक्क न बक्क भए । भाईबर लोटरीमा आईसी २५ लाख नेपाली ४० लाख रुपैयाँ थियो । केहि क्षणमै उनलाई भारतका अभिषेक कुमार सोनु भन्नेले ००९१८२३९७५७५९६ नम्वरबाट फोन गरेर नेपालमा भएको बैंकको खाता नम्वर टिपाई दिन अनुरोध गरे । ति युवाले प्रभु बैंकमा भएको शुन्य मौज्दातको खाता नम्वर दिए । केहि बेरमै अभिषेक कुमारले फोन गरेर नेपाल एसविआई बैकमा भएको आफ्नो वा नजिकको ब्यक्तिको खाता नम्वर पठाईदिन अनुरोध गरे । राति ८ बजे कल गरेका अभिषेकलाई मंगलबार विहान मात्रै खाता खोलेर नम्वर पठाईदिने बताएका युवालाई पुनः विहान ८ बजे कल गर्न भनिएको थियो । अभिषेकलाई नेपाली समय विहानको ८ बजे कल गर्दा बैंकमा कसैलाई पनि उक्त कुरा नभन्न र कलर फोटो समेत पठाउन अनुरोध गरेका थिए ।

‘तिमीले लोटरी परेको कुरा बैंकका ब्यक्तिहरु र अन्यलाई भन्यौ भने केहि रकम मात्रै दिएर बाँकी पैसा सबै खाईदिन्छन’–अभिषेकले विहान भाईबर कलमा भनेका थिए –‘त्यहि बेला उनले भाईबरको लोटरी प्रमाणपत्र भन्दै पठाए ।’ १० बजे नेपाल एसविआई बैंक बनेपा शाखामा पुगेर युवाले अभिषेकलाई फोन गरे । उनले २५ लाखको ४० हजार जम्मा गरेर खाता नम्वर दिन र त्यो रकम भारतमा रहेको एसविआई बैंकमा पठाउन अनुरोध गरे । त्यतिबेला मात्रै थाहा भयो भाईबर लोटरीको नक्कली प्रमाणपत्र तयार गरेर सर्वसाधारण दुबई र भारतबाट ठगिन थालेका छन् भनेर ।
नेपाल समाचारपत्रबाट

Logo