रुकुम ,६,मंशिर

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुमका थप १५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । "/>

रुकुमबाट ‘विप्लव’ का थप १५ कार्यकर्ता पक्राउ

रुकुमबाट ‘विप्लव’ का थप १५ कार्यकर्ता पक्राउ


रुकुम ,६,मंशिर

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुमका थप १५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पछिल्लो १ हप्ताको अवधिमा जिल्लाका विभिन्न स्थानबाट विद्युत तार, व्याट्री र दस्तावेज सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का प्रमुख डिएसपी राजेन्द्रप्रसाद धमलाले बताए । यसअघि कार्तिक २३ गते विद्यार्थी संगठनको राप्ती अञ्चल व्यूरो सदस्य दिपक विष्ट र पार्टी जिल्ला कमिटी सदस्य मोतिराम खड्कालाई पक्राउ गरिसकेको छ ।

यसपटक पक्राउ पर्नेहरुमा पार्टी जिल्ला सल्लाहकार सदस्य त्रिवेणी गापा –३ का ५२ वर्षीय प्रेम खड्का, पार्टी जिल्ला सदस्यहरु मुसिकोट नपा –६ का ३८ वर्षीय हिरामणी रावत र मुसिकोट नपा –६ का २९ वर्षीय बालचन्द्र गिरी, किसान संगठन सल्यान–रुकुमका इन्चार्ज समेत रहेका त्रिवेणी गापा –६ का ४१ वर्षीय मकर वली, विद्यार्थी संगठनको जिल्ला अध्यक्ष आठविसकोट नपा –५ का २५ वर्षीय सुरेन्द्र बस्नेत, उपाध्यक्ष त्रिवेणी गापा –२ का २५ वर्षीय कृष्ण विसी, सचिव त्रिवेणी गापा –२ का १७ वर्षीय प्रेमप्रशान्त बोहरा र सहसचिव मुसिकोट नपा –१४ का १८ वर्षीय हरि विष्ट रहेका छन् ।
नेपाल समाचारपत्रबाट

Logo