बर्थ डेमा ऐश–अभिषेककी छोरीले कति महंगो पहिरन लगाइन् ?

बर्थ डेमा ऐश–अभिषेककी छोरीले कति महंगो पहिरन लगाइन् ?


मुम्बई, ५ मंसिर ।

ऐश्वर्यले हालै मात्र छोरी आराध्याको जन्मदिन मनाइदिएकी छिन् । आराध्याको बर्थ डे आफैँमा रमाइलो थियो । र, त्योभन्दा पनि रमाइलो चाहिँ उनले लगाएको पहिरन ।

आराध्याको बर्थ डे पार्टीमा उनले कस्तो गाउन लगाउँछिन् भन्ने कुरा धेरैको प्रतीक्षाको विषय थियो । उनका लागि मनीष मल्होत्राले गाउन डिजाइन गरेका थिए । मनीषले डिजाइन गरेको पिंक कलरको गाउनमा आराध्या झुल्किइन् ।

सरसर्ती हेर्दा त यो सामान्य गाउन जस्तै देखिन्थ्यो । तर, पैसाको कुरा गर्ने हो भने यो निकै महंगो थियो । यो एउटै गाउनको मूल्य करिब एक लाख रुपैयाँ थियो ।

यही पहिरनसँग कम्बिनेसन मिलाउन आराध्याले प्रि–वाकर्स शूज लगाएकी थिइन् । त्यसको मूल्य चालीस हजार हाराहारीमा थियो ।

आराध्याको वर्थ डेमा तमाम बलिउड स्टारहरू पुगेका थिए । एजेन्सी

Skip This
Logo