काठमाडौं, ५, मंशिर
पुरानो बसपार्क क्षेत्रमा अहिले ढल फुटेर दुर्गन्धित हुँदा आवत जावत गर्न बटुवालाई कठिनाई भएको छ । "/>

पुरानो बसपार्क ढल फुटेर दुर्गन्धित

पुरानो बसपार्क ढल फुटेर दुर्गन्धित


काठमाडौं, ५, मंशिर
पुरानो बसपार्क क्षेत्रमा अहिले ढल फुटेर दुर्गन्धित हुँदा आवत जावत गर्न बटुवालाई कठिनाई भएको छ । काठमाडौं महानगरपालिकाले समयमै ध्यान नदिँदा बटुवा नाक थुनेर हिडडुल गर्न बाध्य छन् । ढल फुटेर दुर्गन्धित हुन थालेको तीन महिना भन्दा बढी समय वितिसकेको छ। खुलामञ्चको केही भागलाई टिनको बार लगाई अस्थायी वसपार्कका रुपमा सञ्चालन गरिएको थियो । स्थानान्तरणसंगै उपत्यका भित्र र वाहिर समेत आवतजावत गर्ने प्रमुखस्थलका रुपमा रहेको सो स्थान अव्यवस्थित बन्न पुगेको थियो । विगत तीन महिना देखि महानगरपालिकाको वडा नं २८ मा पर्ने खुलामञ्च पुरानो बसपार्क क्षेत्रबाट ढल फुटेर सडकमा बग्दा महानगरको ध्यान गएको छैन।

सडक र पैदलमार्ग माथिबाट ढलको लेदो बग्दा त्यसमाथि टेक्दै हिँड्नुपरेको भक्तपुर सूर्यविनायककी राममाया कोजुले गुनासो गरिन्। बसपार्कको खुलामञ्च, सैनिक मञ्चतिरको भागबाट ढल बगिरहेको देखिन्छ। त्यसैगरी वीर अस्पतालको आवासीय भवन अघिको पैदलमार्गमा पनि ढल फुटेर हिँडडुल गर्न नसकिने भएको उपचारका लागि मकवानपुरबाट आउएका रञ्जित तामाङले बताए। उनले भने ,‘ मानिस बिरामी भएर उपचारका लागि अस्पताल आउँछन्, उपचार गर्ने अस्पतालको आँगनमा ढल फुट्दा किटाणुले बिरामीलाई थप संक्रमण गर्ने अवस्था छ, फुटेको ढल नबनाउँदा अस्पताल आएका बिरामीलाई बढी असर पर्ने देखिन्छ।’ महानगरपालिकाले चार दिन अघि नै फुटेको ढल पुनःनिर्माणका लागि लगत अनुमान गरेपनि काम सुरु नभएको स्थानीयवासी बताउँछन्। महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले १० दिन भित्र ढल व्यवस्थित गरिने जानकारी दिइन्।
रासस

 

Logo