काठमाडौं, ५, मंशिर
चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले एक महिना अघि लिएको एमबीबीएस प्रवेश परीक्षा रद्द गर्दै पुनः मंसिर १६ गते परीक्षा गर्ने निर्णय गरेको छ । "/>

एमबीबीएस प्रवेश परीक्षा मंसिर १६ गतेका लागी तोकियो

एमबीबीएस प्रवेश परीक्षा मंसिर १६ गतेका लागी तोकियो


काठमाडौं, ५, मंशिर
चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले एक महिना अघि लिएको एमबीबीएस प्रवेश परीक्षा रद्द गर्दै पुनः मंसिर १६ गते परीक्षा गर्ने निर्णय गरेको छ । त्रिवि कार्यकारी परिषद्ले परीक्षामा धाँधली भएको स्पष्ट पार्दै पुनः परीक्षा लिन निर्देशन दिएको चार दिनपछि सोमबार उक्त परीक्षा गर्ने निर्णय गरेको हो। आईओएमका सहायक डीन डा. राजेन्द्र गुरागाईंले आफूहरूको अभिभावक त्रिवि भएकाले निर्देशन पालना गरेको स्पष्ट पारे। डा. गुरागाईंका अनुसार सम्बन्धित सबै फ्याकल्टीसँग छलफलपछि पुनः परीक्षा गर्ने निर्णयमा आईओएम पुगेको र परीक्षाको मिति बारे सोमबार थप छलफल गरेर टुंगो लगाउने जानकारी दिए । त्रिविले विभिन्न अध्ययन अनुसन्धानबाट पुरानो परीक्षा अमर्यादित भएको भन्दै पुनः नयाँ परीक्षाका लागि प्रक्रिया अघि बढाउन आईओएमलाई मंसिर १ गते निर्देशनात्मक पत्र पठाएको थियो । असोज २८ गते प्रश्नपत्र बाहिरिए पछि आईओएमको उक्त परीक्षा एक महिना देखि रोकिएको छ।
अन्नपूर्णबाट

Logo