प्रचण्डले दिए आफ्ना एउटै छोरा प्रकाशलाई दागबत्ती (भिडियोमा समेत )

प्रचण्डले दिए आफ्ना एउटै छोरा प्रकाशलाई दागबत्ती (भिडियोमा समेत )


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ३ मंसिर ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र साकार दाहाल (प्रकाश) को आजै अन्तिम दाह संस्कार गरिएको छ । प्रकाशको आइतबार बिहान निधन भएको थियो ।

लाजिम्पाटस्थित निवासमा अचेत अवस्थामा रहेका उनलाई बिहान सबेरै नर्भिक अस्पताल लगिएको थियो। अस्पताल नपुर्‍याउँदै उनको निधन भइसकेको चिकित्सकहरुले बताएका थिए ।

प्रकाशको पार्थिव शरीरमा बुवा प्रचण्डले अपरान्ह पशुपति आर्यघाटमा दागबत्ती दिएका हुन् । प्रचण्डले हिन्दु परम्पराअनुसार कोट तथा जुत्ता खोलेर पार्थिव शरीरलाई तीनपटक घुमेपछि मात्रै दागबत्ती दिएका हुन् ।

प्रकाशका दुई छोरा सानै भएको र व्रतबन्ध नभएकाले बुबा प्रचण्डले नै दागबत्ती दिएका हुन् ।

त्यसअघि नर्भिक अस्पतालको आपातकाली कक्षमा राखिउको प्रकाशको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा चार घण्टा राखिएको थियो ।

उनलाई श्रद्धाञ्जली अर्पण गर्न पेरिसडाँडामा पनि ठूलो घुइँचो लागेको थियो।

पार्टी कार्यालयमा प्रकाशलाई अन्तिम श्रद्धान्जलि दिन माओवादी केन्द्रका अधिकांश नेता तथा कार्यकर्ताका साथै नेपाली कांग्रेस, एमाले, नयाँ शक्तिलगायत विभिन्न पार्टीका शीर्ष नेता पुगेका थिए ।

२०३८ असार १७ गते जन्मिएका प्रकाश १६ वर्षकै उमेरमा २०५४ सालमा पार्टी सदस्यता लिएर राजनीतिमा होमिएका थिए । २०५७ सालदेखि उनी पार्टीको पूर्णकालिन सदस्य बनेका थिए ।

प्रकाशको अन्त्येष्टिमा सहभागी हुन प्रमुख दलका शीर्ष नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु पशुपति आर्यघाट पुगेका थिए ।

Logo