इलाम, २ मंसिर

पूर्वी पर्यटकीय नगरी सूर्योदय नगरपालिकालाई प्लास्टिक मुक्त बनाउने अभियान शुरू गरिएको छ । "/>

इलामको सूर्योदय नगरपालिकाद्वारा प्लास्टिकमुक्त अभियानको थालनी

इलामको सूर्योदय नगरपालिकाद्वारा प्लास्टिकमुक्त अभियानको थालनी


इलाम, २ मंसिर

पूर्वी पर्यटकीय नगरी सूर्योदय नगरपालिकालाई प्लास्टिक मुक्त बनाउने अभियान शुरू गरिएको छ । फिक्कल बजार, कन्याम लगायत क्षेत्रलाई सुन्दर, स्वच्छ र हराभरा बनाउन जनप्रतिनिधिले मंसिर १ गते देखि अभियान शुरू गरेका हुन् । अभियानको पहिलो दिन जनप्रतिनिधि, विद्यार्थी, नर्स, प्रहरी, स्थानीयवासी एवं विदेशी समेत सहभागी थिए । सरसफाइ अभियानकर्मीले जथाभावी छरिएको फोहर बटुलेर नजिकै रहेको डस्टबिन एवं बोरामा राखेका थिए । विदेशीले पनि ढलभित्र थुप्रिएको फोहर संकलन गरेका थिए । सहभागी विदेशी केइसिलले नेपालीहरू सहयोगी र मिलनसार भएको बताए ।

जथाभावी सडक र घर निर्माण, बजारमा बन्द भएका ढल र नाला, फोहर व्यवस्थापन नहुँदा बजार दुर्गन्धित हुनाका साथै सानो बाटाका कारण सवारी आवागमनमा समस्या परेको पर्यटकीय नगरी सूर्योदयले दुई घण्टामै रूप फे¥यो । सूर्योदयलाई आधुनिक शहरका रूपमा विकास गर्न प्लास्टिकमुक्त अभियान शुरू गरिएको नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए । बजारभित्र निर्माण गरिएको नालीमा जम्मा भएको फोहोर स्काभेटर र टिपरको सहायताले संकलन गरी ल्याण्डफिल्ड साइटमा लगेर फाल्ने तयारी भइरहेको छ । नगरपालिकामा पर्ने कन्याम, अन्तु, फिक्कल बजार पर्यटकीयस्थल हुन् । सुन्दर, स्वच्छ र हराभराका साथ आधुनिक पर्यटकीय शहर बनाउन अभियान थालिएको नगरपालिकाले जनाएको छ ।
रासस

Logo