मलेसिया,१,मंशिर
पहिलोपटक एसीसी अन्डर नाइन्टिन एशिया कपको सेमिफाइनलमा पुगेको नेपाल फाइनल प्रवेशका लागि चिर प्रतिद्धन्द्धी अफगानिस्तानसँग भिड्दै छ । "/>

नेपाल -अफगानिस्तान वीचको खेल शुरु :टस हारेर नेपाल ब्याटिङमा

नेपाल -अफगानिस्तान वीचको खेल शुरु :टस हारेर नेपाल ब्याटिङमा


मलेसिया,१,मंशिर
पहिलोपटक एसीसी अन्डर नाइन्टिन एशिया कपको सेमिफाइनलमा पुगेको नेपाल फाइनल प्रवेशका लागि चिर प्रतिद्धन्द्धी अफगानिस्तानसँग भिड्दै छ । अहिले मलेसियाको किनरारा ओभल मैदानमा टस हारेर नेपालले पहिले ब्याटिङ गर्ने निम्तो पाएको छ। खेलमा नेपालले अफगानिस्तानलाई ६ वर्षपछि पराजित गर्ने लक्ष्य सहित अगाडि वढ्दैछ ।

समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक युथ एशिया कपको सेमिफाइनलमा पुगेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिदैं छ ।। समूह चरणको खेलमा नेपालले डिफेन्डिङ च्याम्पियन भारतलाई १९ रन र मलेसियालाई आठ विकेटले हराएको थियो। एसिया कप अन्तर्गत शुक्रबार हुने अफगानिस्तान विरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको प्रशिक्षक विनोद दासले बताएका छन्। पछिल्लो पटक गत जुलाईमा सिंगापुरमा भएको विश्वकप छनोटमा नेपालले अफगानिस्तान विरुद्ध भोगेको दुबै हारको बदला लिन समेत नेपाललाई आजको खेल जित्नै पर्ने हुन्छ।

Logo