काठमाडौं,१,मंशिर
लोकप्रिय अभिनेतृ तथा निर्मात्री करिश्मा मानन्धर ३ दशक जति फिल्म क्षेत्रमा बिताइसकेपछि राजनीतिमा सक्रिय भएकी छिन्। "/>

दर्शकलाई हलमा आउन अनुरोध गर्ने करिष्मा अहिले आफूलाई भोट दिन अनुरोध गर्दै

दर्शकलाई हलमा आउन अनुरोध गर्ने करिष्मा अहिले आफूलाई भोट दिन अनुरोध गर्दै


काठमाडौं,१,मंशिर
लोकप्रिय अभिनेतृ तथा निर्मात्री करिश्मा मानन्धर ३ दशक जति फिल्म क्षेत्रमा बिताइसकेपछि राजनीतिमा सक्रिय भएकी छिन्। नयाँशक्ति पार्टीमा आबद्ध अभिनेतृ मानन्धर सो पार्टीबाट आसन्न प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको उम्मेदवार छिन्। पार्टीले आफ्नो नाम समानुपातिकतर्फ पहिलो नम्बरमै राखेपछि उत्साहित भएकी करिश्मा यतिखेर चुनाव प्रचारप्रसारका लागि देश दौडाहमा छिन्।

उनी भन्छिन् , खासमा शुरु देखि नै कलाकार भएको नाताले पार्टीमा लागेपछि मैले विभिन्न माध्यमबाट धेरै थरी प्रतिक्रिया, गुनासो र आलोचना खेपेकी छु र आफ्ना कुराहरु पनि राख्दै आएकी छु। चुनाव प्रचारका लागि जहाँ गए पनि सकारात्मक प्रतिक्रिया पाइरहेकी छु। पार्टीमा कलाकारलाई जिम्मेवारी दिइँदैन, कलाकारलाई खाली प्रयोग मात्र गरिन्छ भन्ने सबैलाई परेको छ। तर १⁄२ वर्ष पार्टीको काम गरेपछि मलाई यथेष्ट जिम्मेवारी दिइएको छ र त्यो जिम्मेवारी निर्वाह पनि गर्दै आएकी छु। अहिले पार्टीले समानुपातिकमा मेरो नाम १ नम्बरमा राखेको छ। समानुपातितर्फको उम्मेदवार भएकाले पार्टीभित्रका अरूका लागि पनि भोट माग्न गएको छु। दर्शकलाई हल सम्म आउन रिक्वेस्ट गर्थें। अहिले भोट मागिरहेको छु, सांसद बन्नका लागि होइन। राष्ट्रिय पार्टी बनाउन र जनताको जीवन परिवर्तन गर्नका लागी हो उनले भनिन् ।
नेपाल समाचारपत्रबाट

Logo