काठमाडौं,१,मंशिर

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले नेपाल वायुसेवा निगमको बोइङ ७५७ विमान खरिद गर्ने प्रक्रियामा एक करोड ५० लाख रुपैयाँ बुझाएका थिए । "/>

एनआरएनए अध्यक्ष भवन भट्ट साढे १३ करोड नबुझाएर सम्पर्क विहीन

एनआरएनए अध्यक्ष भवन भट्ट साढे १३ करोड नबुझाएर सम्पर्क विहीन


काठमाडौं,१,मंशिर

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले नेपाल वायुसेवा निगमको बोइङ ७५७ विमान खरिद गर्ने प्रक्रियामा एक करोड ५० लाख रुपैयाँ बुझाएका थिए । तर एक साताभित्र बुझाउनुपर्ने बाँकी रकम नबुझाएको भट्ट बेपत्ता भएपछि निगम अन्योलमा परेको छ । म्याद गुज्रिसक्दा सम्म सम्पर्क पनि नभएपछि निगमका लागि बोइङ–७५७ फेरि टाउको दुखाइको विषय बनेको छ । ३–४ पटक सम्म गरिएको बोलपत्र आह्वानको उपलब्धि अहिले आएर घाममा सुकेको छ । आगामी बोर्ड बैठकबाट उक्त विमानबारे निर्णय लिने तयारी निगमको रहेको स्रोत बताउँछ ।

निगमले भट्टलाई १४ लाख ६० हजार अमेरीकी डलर अर्थात् १५ करोड १८ लाख रुपैयाँमा विमान बिक्री गरेको थियो । त्यस मध्ये डेढ करोड रुपैयाँ बुझाएका छन भने बाँकी १३ करोड ६८ लाख रुपैयाँ बुझाउन बाँकी छ । सन् १९८७ मा खरिद गरिएको उक्त विमानको मर्मत खर्च बढ्दै जाने र लागत अनुसार नाफा पनि नहुने देखेपछि निगमले बिक्री गर्ने निर्णय लिएको हो । नयाँ इन्जिन फेर्न मात्र एक अर्ब ५० करोड रुपैयाँ भन्दा बढी खर्च हुन्छ । उक्त विमान चैत ०७२ देखि ग्राउन्डेड भएर थन्किएको छ । बोइङ ७५७–२०० सिरिजको विमानको दर्ता नम्बर हो, नाइन एन–एसीए । उक्त विमानले हाल सम्म ८६ हजार चार सय १० घण्टा उडान भरेको छ ।
नेपाल समाचारपत्रबाट

Logo