तनहुँ, ३०, कात्तिक

नेपाली काँग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ उम्मेदवार रामचन्द्र पौडेलले नेपाली जनताको हितमा लडाइँ लड्न आफू चुनावी मैदानमा उत्रिएको बताएका छन् । "/>

नेपाली जनताको हितमा लडाइँ लड्न चुनावी मैदानमा छु – नेता पौडेल

नेपाली जनताको हितमा लडाइँ लड्न चुनावी मैदानमा छु – नेता पौडेल


तनहुँ, ३०, कात्तिक

नेपाली काँग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ उम्मेदवार रामचन्द्र पौडेलले नेपाली जनताको हितमा लडाइँ लड्न आफू चुनावी मैदानमा उत्रिएको बताएका छन् । तनहुँको भानु नगरपालिका–११ स्थित टुहुरेपसलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मुलुकलाई बर्बादीबाट जोगाउन र आर्थिक समृद्धि हासिल गर्न आफू चुनावी मैदानमा उत्रिएको बताए । यस अघि आफू राष्ट्रिय राजनितिमा व्यस्त हुनु परेकाले जिल्ला भित्र समय दिन नसके पनि अबको पाँच वर्ष अधिकतम समय गाउँकै हितमा खर्चने वचन बद्धता नेता पौडेलले प्रकट गरे । कार्यक्रममा प्रदेशसभा (क) का उम्मेदवार गोविन्द भट्टराई, समानुपातिक उम्मेदवार लक्ष्मी आचार्य, सरिता गुरुङ लगायतले लोकतान्त्रिक शक्तिलाई जिताउनु पर्ने बताएका थिए ।
रासस

Logo