काभ्रे, ३०, कात्तिक
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जिल्लामा २ लाख ७२ हजार २ सय ८७ मतदाताले मतदान गर्न पाउने भएका छन्। "/>

काभ्रेमा ४१ हजार ४ सय नयाँ मतदाता

काभ्रेमा ४१ हजार ४ सय नयाँ मतदाता


काभ्रे, ३०, कात्तिक
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जिल्लामा २ लाख ७२ हजार २ सय ८७ मतदाताले मतदान गर्न पाउने भएका छन्। यो संख्या स्थानीय तहको निर्वाचन भन्दा ४१ हजार ४ सय ३८ धेरै हो । जिल्लामा रहेका कुल मतदाता मध्ये महिला १ लाख ३५ हजार ३ सय ९७, पुरुष मतदाता १ लाख ३६ हजार ८ सय ८९ र तेस्रो लिंगी १ जना रहेका छन् । महिला मतदाता भन्दा पुरुष मतदाताको संख्या १ हजार ४ सय ९२ ले मात्रै धेरै छ । जिल्ला निर्वाचन कार्यालय काभ्रेका निर्वाचन अधिकारी मधुकर पोखरेलका अनुसार जिल्लामा फोटो सहितको मतदाता नामावलीमा फोटो खिचाउनेहरुको संख्या जिल्ला भित्रको २ लाख ७१ हजार ८ सय ४१, जिल्ला बाहिरको ८ सय ४० रहेको थियो। स्थानीय तहको निर्वाचनमा २ लाख ३० हजार ८ सय ४९ मतदाताको नामावली प्रकाशन भएको थियो। प्रतिनिधिसभाका लागि दुई वटा मात्रै निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चोक जिल्लामा सबैभन्दा धेरै मतदाता दुई नम्बर क्षेत्रमा रहेका छन् । जसमा ६८ हजार ९ सय ९० पुरुष, ६९ हजार ५ सय २२ महिला मतदाता रहेका छन् । जम्मा मतदाताको संख्या १ लाख ३८ हजार ५ सय १२ रहेको छ।

क्षेत्र नम्बर १ मा ६७ हजार ८ सय ९९ पुरुष, ६५ हजार ८ सय ७५ महिला गरी १ लाख ३३ हजार ७ सय ५५ जना मतदाता रहेका छन्। प्रदेशसभामा सबैभन्दा धेरै प्रदेश १ मा छन् । जहाँ पुरुष ३५ हजार १ सय ४४, महिला ३६ हजार १ सय ६८ गरी जम्मा मतदाता ७१ हजार ३ सय १२ रहेका छन् । सबैभन्दा कम क्षेत्र नम्बर १ मा पुरुष ३४ हजार २४, महिला ३२ हजार २ सय ५९ गरी जम्मा मतदाता ६६ हजार २ सय ८३ रहेका छन् । क्षेत्र नम्बर २ मा पुरुष ३३ हजार ८ सय ७५, महिला ३३ हजार ६ सय १६, तेस्रोलिंगी १ गरी जम्मा मतदाता ६७ हजार ४ सय ९२ जना रहेका छन् । क्षेत्र नम्बर ३ मा पुरुष ३३ हजार ८ सय ४६, महिला ३३ हजार ३ सय ५४ गरी जम्मा मतदाता ६७ हजार २ सय रहेका छन्।
नेपाल समाचारपत्रबाट

Logo