ताप्लेजुङमा तीन हजार एमालेमा प्रवेश

ताप्लेजुङमा तीन हजार एमालेमा प्रवेश


केन्द्रबिन्दु संवाददाता । ताप्लेजुङ, २९ कात्तिक

गत एक महिनामा मात्रै ताप्लेजुङ जिल्लामा ३,००० नेता तथा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचनले गाउँ शहर रंगिएका बेला नेपाली कांग्रेस, राष्ट्यि प्रजातन्त्र पार्टी, संघीय लिम्बुवान राज्य परिषद्, नयाँ शक्तिलगायतका दलहरुबाट एमाले प्रवेशको लहर छाएको छ ।

एमालेका केन्द्रीय सचिव तथा ताप्लेजुङबाट प्रतिनिधी सभाका उम्मेदवार योगेश भट्टराई र एमालेका जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङले विभिन्न पार्टी छोडेर एमाले प्रवेश गरेकालाई जिल्लाको ग्रामिण भेगमा पुगेर स्वागत गरिरहेका छन् ।

एमाले प्रवेश गर्ने लहर चलेपछि बाम गठबन्धनको जित अन्तर झन फराकिलो भएको छ । राष्ट्यि प्रजातन्त्र पार्टी, नेपाली कांग्रेस, मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्, नयाँ शक्ति नेपालबाट एमाले प्रवेश गरेका तीन हजार कार्यकर्ता र नेताहरुको विस्तृत विवरणसहितको सूची वाम गठबन्धन संयोजन समितिले तयार गरेको छ ।
जिल्लाभरी विभिन्न टोलीले चुनावी कार्यक्रम गरिरहेका छन् । ती ठाउँबाट एमाले प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुको विवरण राख्न एमाले ताप्लेजुङले छुट्टै टोली नै खटाएको छ ।

कात्तिक १९ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले मात्रै एकहजारभन्दा बढीलाई पार्टी प्रवेश गराएका थिए । ताप्लेजुङ सदरमुकामको तोक्मे डाँडामा आयोजित कार्यक्रममा कांग्रेस, संघीय लिम्बुवान, नयाँ शक्ति, राप्रपाका जिल्ला तथा केन्द्रीय स्तरका नेता कार्यकर्ता प्रवेश गरेका थिए ।

वितेको एक महिनामा राप्रपाका राष्ट्यि युवा प्रजातान्त्रिकका केन्द्रीय नेता सुरेश लिम्बु, कांग्रेसका युवा नेता मोती पतंवा, संघीय लिम्बुवान मञ्च केन्द्रीय सदस्य नेत्र खतिवडा, लिम्बुवान शिक्षक परिषद्का उपाध्यक्ष हुमनाथ दाहाल, राप्रपा नेपालका राजा मादेन, सागरमादेन लगायत ५० जना एमाले प्रवेश गरेका छन् ।

यसैगरी नेपाल भाषा तथा सांस्कृतिक समाजका अध्यक्ष निरोज श्रेष्ठ, उपाध्यक्ष देउ कुमार श्रेष्ठ, सदस्य दिपेश श्रेष्ठ, सुरेश श्रेष्ठलगायत २५ जना एमाले प्रवेश गरेका छन् । नेपाली कांग्रेसका नेता तथा चर्चित ज्योतिष निधीराज न्यौपानेसहित २५ जना एमाले प्रवेश गरेका छन् ।

फुङलिङ नगरपालिका वडा नम्बर ३ बाट नयाँ शक्तिका नेता देवराज पालुंवालगायत ९५ जना एमाले प्रवेश गरेका छन् ।

नेपाली काँग्रेस मिक्वाखोलाका सभापती तथा क्षेत्रीय कमिटी सदस्य कर्णकुमार फेम्सोहाङ, वडा नम्बर ३ का उपसभापती बुद्धिमान फेम्सोहाङ, पूर्व गाउँ कार्यसमिती सदस्य जंगबहादुर लिवाङसहित ९० जना एमाले प्रवेश गरेका छन् । यसैगरी सोही गाउँबाट नयाँ शक्ति नेपाल, विद्यार्थी संगठनका केन्द्रीय सचिवालय सदस्य खगेन्द्र थापापनि एमाले प्रवेश गरेका छन् ।

दुइसाता अघि आम्बेगुदिनमा नेपाली कांग्रेसका क्षेत्रीय सदस्य पूर्ण प्रसाद विष्ट, राप्रपा जिल्ला कार्यसमिति सदस्य अम्बर कुवँर, शिक्षक संघका सदस्य पदम विष्ट, नेपाली कांग्रेस क्षेत्रीय सदस्य राकेश बुढा क्षेत्रीसहित ४५ जना एमालेमा प्रवेश गरेका छन् ।

त्यस्तै हाङपाङबाट नेपाली कांग्रेसका वार्ड कमिटी उपाध्यक्ष यज्ञराज प्रसाई, वार्ड सदस्य भीष्मराज प्रसाई तथा तरुण दल जिल्ला कार्य समिति सदस्य दिलु गुरुङसहित ४७ जना एमालेमा प्रवेश गरेका छन् । यसैगरी फूलबारीमा नेपाली कांग्रेसका क्षेत्रीय समिति सचिव शारदा विमलीसहित १७ जना एमाले प्रवेश गरेका छन् ।

यसैगरी श्रीजंघा गाउँपालिका (सिकैचा) का वडा सभापती छत्र काङबाङ एकसय ५० कार्यकर्तासहित एमाले प्रवेश गरेका छन् । यसैगरी पेदाङबाट नेपाली कांग्रेसका नेता भूपाल भण्डारी एकसयजना सहित प्रवेश गरेका छन् ।

फक्ताङलुङ गाउँपालिकाका संघीय लिम्बुवान मञ्चका अध्यक्ष दुर्गा लिङखिम, संघीय विद्यार्थी युनीयनका केन्द्रीय सदस्य काजीमान साम्सोहाङसहित एकसयभन्दा बढी एमालेमा प्रवेश गरेका छन् ।

नयाँ शक्तिका आम्बेगुदिन संयोजक यामनाथ भट्टराई, राप्रकाका जिल्ला सहअध्यक्ष अम्बर कुवँर, नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सदस्य पीपी बिष्टपनि २० सहित प्रवेश गरेका छन् । यसैगरी फुङलिङ नगरपालिकाका विभिन्न स्थानबाट वितेका दुई सातामा ३०० भन्दा बढी एमाले प्रवेश गरेका छन् ।

२०७० सालको संविधानसमाको चुनाबमा एमालेले दुई बटै क्षेत्र निर्वाचित भएको थियो । सो बेला दुवै क्षेत्रमा माओवादी तेस्रो भएका थिए ।

अहिले माओवादी र एमालेको गठबन्धन भएको छ यी द्ुई मिल्दा पनि एमाले प्रतिनिधिसभामा १० हजार बढी मतले अगाडी छ ।

क्षेत्र नम्बर १ मा गठबन्धनका उम्मेदवार सुरेन्द्र साम्सोहाङ ६ हजार बढी मतले अगाडी छ् । अन्य दल छोडेर एमाले प्रवेश गर्नेको संख्या बढेपछि जितको अन्तर झन फराकिलो बन्दै गएको छ ।

गाउ गाउमा भएको बेलामा पनि एमाले प्रति जनलहर बढेको एमाले ताप्लेजुङका अध्यक्ष सुरेन्द्र साम्सोहाङले बताए । विभिन्न पार्टी परित्याग गरेर एमालेमा भित्रिनेको संख्या ठूलो भएकोले हामीले सोच भन्दा बढी मत अन्तरले जित्छौ, अध्यक्ष साम्सोहाङले भने ।

Skip This
Logo