काठमाडौं,२८,कात्तिक
सरकारले अरुण तेस्रो र अपर कर्णाली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको समयावधि पुनः थप गर्ने निर्णय गरेको छ । "/>

अरुण तेस्रो र अपर कर्णालीको म्याद थपियो

अरुण तेस्रो र अपर कर्णालीको म्याद थपियो


काठमाडौं,२८,कात्तिक
सरकारले अरुण तेस्रो र अपर कर्णाली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको समयावधि पुनः थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको लगानी बोर्डको २८ औं बैठकले अरुण–३ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको म्याद १४ असोजबाट लागू हुने गरी ६ महिना र माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको म्याद २ असोज देखि लागू हुनेगरी एक वर्ष थप गर्ने निर्णय गरेको हो । दुवै परियोजनाको प्रवद्र्धक भारतीय कम्पनी हुन् । दुवै जलविद्युत् आयोजनाले परियोजना विकास सम्झौता (पीडीए) बमोजिम आयोजना प्रयोजनका लागि आवश्यक वनक्षेत्र उपलब्ध गराउने काममा भएको ढिलाइ लगायत निजी जग्गा प्राप्तिमा भएको विलम्ब कारण देखाउँदै वित्तीय व्यवस्थापनको म्याद थप गर्न बोर्ड समक्ष अनुरोध गरेका थिए ।

सो अनुरोधका आधारमा म्याद थप गरिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । बैठकले राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्यको संयोजकत्वमा गठित समितिले पेस गरेको प्रतिवेदनका आधारमा काठमाडौं उपत्यकामा मेट्रो रेल परियोजनाका लागि ४५ किलोमिटर लामो रुट नम्बर २ (नागढुंगा–कलंकी– कोटेश्वर–धुलिखेल) को लगानी तथा स्वामित्व सञ्चालन एवं हस्तान्तरण प्रक्रिया बुट अवधारणा अनुरूप कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ ।
राजधानीबाट

Logo