हुण्डाइको द नेक्स्ट जेन भेर्ना सार्वजनिक

हुण्डाइको द नेक्स्ट जेन भेर्ना सार्वजनिक


काठमाडौं, २७ कात्तिक । हुण्डाइको नयाँ मोडल ‘द नेक्स्ट जेन भेर्ना’ सार्वजनिक भएको छ । नेपालकालागि हुण्डाइको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सोमबार राजधानीमा ५ औं जेनेरेसनको सेडान सार्वजनिक गरेको हो ।

नाडाका अध्यक्ष अञ्जन श्रेष्ठ र लक्ष्मी ईन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकर श्रेष्ठले संयुक्त रुपमा गाडी सार्वजनिक गरेका हुन् । यस संस्करणका गाडी संसारभर हालसम्म करिव ९० लाख युनिट बिक्रि भैसकेको कम्पनीले जनाएको छ । हुण्डाइको यो संस्करणको गाडी ६६ वटा देशमा बिक्री वितरण भइरहेको छ ।

भेर्ना आकर्षक बनोट र अत्याधुनिक विशेषताले भरपुर रहेको कम्पनीको दाबीे छ । कम्पनीले यसको डिजाइन, प्रर्फमेन्स, फिचर्स र सेफ्टिमा कुनै सम्झौता नगरेको जनाएको छ । यो गाडीलाई बलियो बनाउनका लागि उच्च गुणस्तरको स्टिल प्रयोग गरिएको र उक्त स्टिल हुण्डाइको आफ्नै प्लान्टमा तयार पारिएको लक्ष्मी इन्टरकन्टिनेन्टलका कर्पाेरेट सेल्स म्यानेजर अनिश लामिछानेले जानकारी दिए ।

तीन वटा भेरिएण्टमा उपलब्ध यो कारको मूल्य इएक्स को ४२ लाख ९६ हजार, एसएक्सको ४४ लाख ९६ हजार, इएक्स अटोमेटिकको ४६ लाख ९६ हजार तोकिएको छ ।
स्टारडस्ट, फ्न्यान्थम ब्ल्याक, पोलार ह्वाइट, फेरी रेड, सिल्क सिल्भर र सैना ब्राउन गरी ६ वटा रङहरुमा कार उपलब्ध छ ।

२१ वटा भन्दा धेरै अत्याधुनिक फिचर्स समावेश गरिएको यो कारको प्रतिस्पर्धामा होण्डा सिटी, फक्सवागन वेन्टो लगायत हुने कम्पनीले जनाएको छ । नेपालमा यो पेट्रोल भेरियन्टमा मात्र उपलब्ध हुनेछ ।

१५ सय ९१ सिसी क्षमता रहेको यो कारको पावर – १ सय २३ पिएस २ ६ हजार ४०० आर एमपी रहेको छ । यसको टर्क – १५ दशमलब ४ केजिएम २ रहेको छ । यसमा ६ स्पिड म्यानुअर र अटोमेटिक रहेको कम्पनीले जनाएको छ ।

हुण्डाईका सम्पुर्ण गाडीको खरिदमा ३ वर्षको वारेन्टी र ४ बर्ष निशुल्क सर्भिसिङको पनि व्यवस्था रहेको छ । यस्तै कम्पनीले १ आर्थिक वर्षको सवारी कर चुक्ता समेत गरिदिने जनाएको छ ।

Logo