काठमाडौं , २७, कात्तिक
प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा नजान दिएको सुझाव बिपरीत राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार युएई भ्रमणमा निस्कँदैछिन्। "/>

प्रधानमन्त्रीको सुझाव विपरित राष्ट्रपति आज युएई जाँदै

प्रधानमन्त्रीको सुझाव विपरित राष्ट्रपति आज युएई जाँदै


काठमाडौं , २७, कात्तिक
प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा नजान दिएको सुझाव बिपरीत राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार युएई भ्रमणमा निस्कँदैछिन्। परराष्ट्रमन्त्रीको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई चुनाव नजिकै आउन लागेको तथा गहिरिँदो खाडी संकटको बेला युएई भ्रमणमा जानु ठिक नहुने सुझाव केही साता अघि दिएका थिए।
‘यो युएई भ्रमणमा जाने बेला होइन विचार गर्नुस् भन्ने सुझाव प्रधानमन्त्रीले दिनुभएको थियो। तर राष्ट्रपतिले मान्दै मान्नु भएन, प्रधानमन्त्री निकट स्रोतले भन्यो। राष्ट्रपतिकै जोडबलमा युएई भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत गरिएको स्रोतले बतायो। कार्यकाल सकिनै लाग्दा राष्ट्रपतिले विदेश भ्रमणको चाहना राखेको हुँदा प्रधानमन्त्रीले ठाडै अस्वीकार चाहीं गरेनन्।
‘राष्ट्रपति ब्यक्ति मात्र नभएर संस्था पनि हो। संस्था प्रति सम्मान गरेर भ्रमण नरोकिएको हो, जानकार सरकारी अधिकारीले भने । राष्ट्रपतिका विदेश मामिला सल्लाहकार डा.मदनकुमार भट्टराईले चाहीं प्रधानमन्त्रीबाट राष्ट्रपतिलाई युएई भ्रमण नगर्न सुझाव आएको बारे अनभिज्ञता प्रकट गरे। ‘मैले थाहा पाए सम्म प्रधानमन्त्रीबाट त्यस खालको कुनै सुझाव राष्ट्रपतिलाई आएको छैन, उनले भने । उनले युएईसँग उच्चस्तरको भ्रमण आदान प्रदानले सम्बन्ध विस्तारमा सहयोग मिल्ने बताए ।
अन्नपूर्णबाट

Logo