रौतहट, कात्तिक, २७
डेंगु रोगको संक्रमणको कारण रौतहटमा एक जनाको मृत्यु भएको छ । दुई हप्ता देखि फैलिएको डेंगु रोगले दुई दर्जन भन्दा बढी बिरामी परेका छन् । "/>

डेंगुका कारण रौतहटमा एक जनाको मृत्युः दुई दर्जन बिरामी

डेंगुका कारण रौतहटमा एक जनाको मृत्युः दुई दर्जन बिरामी


रौतहट, कात्तिक, २७
डेंगु रोगको संक्रमणको कारण रौतहटमा एक जनाको मृत्यु भएको छ । दुई हप्ता देखि फैलिएको डेंगु रोगले दुई दर्जन भन्दा बढी बिरामी परेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका १ पौराईका ४० वर्षीय मोतीराम गोलेको डेंगुका कारण मृत्यु भएको हो । रोगको संक्रमण देखिएपछि उपचारको लागि भरतपुर लगिएका गोलेको उपचारकै क्रममा मृत्यु भएको हो ।
दुई हप्ता देखि फैलिएको रोगको संक्रमणबाट बिरामी परेकालार्इ आफन्तहरूले चन्द्रपुर, हेटौँडा, भरतपुर तथा काठमाडौँ सम्म पुर्याएर उपचार गराइरहेका छन् । एकै परिवारका अधिकांश सदस्यमा रोगको लक्षण देखिएको वडा अध्यक्ष बिरु रखालले बताए । रोगको विषयमा जिल्ला जनस्वास्थ्य कार्यालयलाई जानकारी गराउँदा पनि चासो लिइएको छैन् । डेंगुले महामारीको रुप लिन थालेपछि स्थानीयमा त्रास फैलिएको छ ।
नागरिकबाट

Logo