ताप्लेजुङ ,२६,कात्तिक

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वामपन्थी दलको गठबन्धन लोकतन्त्रको विरुद्धमा भएको बताएका छन्। "/>

वाम गठबन्धन लोकतन्त्रको विरुद्धमाः प्रधानमन्त्री

वाम गठबन्धन लोकतन्त्रको विरुद्धमाः प्रधानमन्त्री


ताप्लेजुङ ,२६,कात्तिक

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वामपन्थी दलको गठबन्धन लोकतन्त्रको विरुद्धमा भएको बताएका छन्। नेपाली कांग्रेस ताप्लेजुङले गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उनले लोकतन्त्रलाई बलियो बनाउन निर्वाचनमा कांग्रेसलाई विजयी गराउनेको विकल्प नभएको बताए । प्रधानमन्त्री देउवाले भने, वाम गठबन्धनको नाममा नेपालमा प्रजातन्त्र कमजोर पार्ने षड्यन्त्र हुँदैछ, यसप्रति सम्पूर्ण लोकतन्त्रवादी सचेत हुनु जरुरी छ। प्रधानमन्त्री देउवाले मुलुकमा लोकतन्त्र खतरामा परे देश नै खतरामा पर्ने भन्दै लोकतन्त्र र जनतालाई दास हुनबाट जोगाउन कांग्रेस एकजुट हुनुपर्ने बताए।

उनले भने, हामी डर त्रासबाट मुक्त समाजको निर्माण गर्न चाहान्छौं, प्रजातन्त्र संघियताको संरक्षण गरि मुलुकलाई समृद्ध बनाउने एक मात्र पार्टी कांग्रेस मात्र हो। कार्यक्रममा कांग्रेसका प्रचार विभाग प्रमुख तथा केन्द्रिय सदस्य बालकृष्ण खाँणले नेकपा एमालेका अध्यक्ष केपी ओली र सिके राउत एकै सिक्काका दुई पाङ्ग्रा भएको आरोप लगाए। हिमाल, पहाड र तराईलाई जोड्दै राष्ट्रिय एकता मजबुत बनाउन कांग्रेसको जित अपरिहार्य भएको उनको भनाई थियो।
अन्नपूर्णपोष्टबाट

Logo