पूर्वप्रधानमन्त्री बिष्टको निधन

पूर्वप्रधानमन्त्री बिष्टको निधन


केन्द्रबिन्दु सम्बाददाता । काठमाडौँ, २५ कार्तिक ।

पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन भएको छ। लामो समयदेखि क्यान्सरबाट पीडित ९० वर्षीय बिष्टको शनिबार बिहान ज्ञानेश्वरस्थित घरमै निधन भएको हो।

पञ्चायती व्यवस्थामा बिष्ट तीनपटक प्रधानमन्त्री भएका थिए। त्यस्तै  ज्ञानेन्द्र शाहको शासनकालमा डा. तुलसी गिरीसँगै मन्त्रीमण्डलमा उपाध्यक्ष भएका थिए।

बिष्ट पहिलो पटक २०२५ चैतमा, दोस्रो पटक २०२८ बैशाखमा र तेस्रो पटक २०३४ भदौमा प्रधानमन्त्री भएका थिए ।  

Logo