काठमाडौं,२५, कात्तिक
नेपालमा रेलमार्गको बारेमा अध्ययन गर्न आएको चिनियाँ टोलीले रेलकै गतिमा स्थलगत अध्ययन पूरा गरेको छ । "/>

रेल जत्तिकै द्रुत स्थलगत अध्ययन

रेल जत्तिकै द्रुत स्थलगत अध्ययन


काठमाडौं,२५, कात्तिक
नेपालमा रेलमार्गको बारेमा अध्ययन गर्न आएको चिनियाँ टोलीले रेलकै गतिमा स्थलगत अध्ययन पूरा गरेको छ । सोमबार नेपाल आएको चिनियाँ टोलीले मंगलबार देखि रसुवाबाट स्थलगत अध्ययन थालेको थियो । उक्त टोलीले रसुवा, नुवाकोट, धादिङ हुँदै पोखराबाट लुम्बिनी पुगेर बिहीबार नै स्थलगत अध्ययन पूरा गरेको छ । चीनको रेलवे एडमिनिस्ट्रेसनका उपप्रमुख जेङ जियन सहितको टोलीले तीन दिनमै स्थलगत अध्ययन पूरा गरेको हो । उनीहरुले चीन हुँदै रसुवागढीबाट नेपाल आउने रेल काठमाडौंबाट पोखरा हुँदै लुम्बिनीसम्म सजिलै पुर्याउन सकिने प्रतिक्रिया दिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

चिनियाँ टोलीले आफ्नै देशमा गएर स्थलगत अध्ययनको रिपोर्ट हेरेर कति समयमा कति लागतमा रेलमार्ग बनाउन सकिने भन्ने अनुमानित लागत निकालेर नेपाललाई दिनेछ । चिनियाँ प्राविधिकहरुले नेपालमा रेलमार्ग बनाउन सक्ने भौतिक मन्त्रालयको भनार्इ छ । यद्यपि चीनले नेपालमा आफू रेलमार्ग बनाइदिने भनेको पनि छैन भने नेपालले पनि रेलमार्ग बनाईदिन चीनसँग आग्रह गरिसकेको छैन । भौतिक मन्त्रालयका एक अधिकारीका अनुसार चिनियाँहरु नेपालको पहाडी भूगोलमा रेल सञ्चालन गर्न सक्नेमा ढुक्क देखिएका छन् । स्थलगत भ्रमणको क्रममा नेपाली अधिकारीहरुलाई चिनियाँ अधिकारीहरुले रेलका लागि ठूलो जटिलता नभएको जानकारी गराएका थिए । रसुवागढीबाट काठमाडौंसम्म कठिन भूगोल भए पनि रेलमार्ग निर्माण गर्न सकिने चिनियाँहरुले बताएको ती भौतिकका ती अधिकारीले जानकारी दिए । चीनबाट २३ जनाको टोली स्थलगत अध्ययनको लागि नेपाल आएको हो ।
आर्थिक दैनिकबाट

Logo