पोखरा,२५, कात्तिक

अदालतले सजायँ तोकेपछि जेल गएकाहरुलाई पनि नागरिक अधिकार हुन्छ तर यत्ति हो, अरु जसरी स्वतन्त्र रुपमा हिँडडुल गर्ने र चुनावमा उम्मेदवार बन्ने छुट उनीहरुलाई हुँदैन। "/>

समानुपातिकको मतपत्र एउटै भएपछि १९ हजार कैदीबन्दी मताधिकारबाट वञ्चित

समानुपातिकको मतपत्र एउटै भएपछि १९ हजार कैदीबन्दी मताधिकारबाट वञ्चित


पोखरा,२५, कात्तिक

अदालतले सजायँ तोकेपछि जेल गएकाहरुलाई पनि नागरिक अधिकार हुन्छ तर यत्ति हो, अरु जसरी स्वतन्त्र रुपमा हिँडडुल गर्ने र चुनावमा उम्मेदवार बन्ने छुट उनीहरुलाई हुँदैन। अरु वालिगले जसरी नै आफ्नो मत प्रकट गर्ने अधिकारी जेलका बन्दी र कैदीलाई पनि हुने विश्वव्यापी मानव अधिकारको मान्यता छ। तर यसपालिको चुनावमा देशभरका झन्डै १९ हजार कैदीबन्दी मताधिकारबाट बञ्चित हुँदैछन्। कारागार व्यवस्था विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेका अनुसार यसपालि निर्वाचन आयोगले कैदीबन्दीलाई अस्थायी मतदाताको नामावालीमा समेटेको छैन। त्यसैले नै उनीहरुले मताधिकार पाउने छैनन्। अघिल्ला चुनावहरुमा कर्मचारी, सेना प्रहरीहरुलाई जस्तै समानुपातिकतर्फ मत खसाल्ने अधिकार कैदीबन्दीहरुलाई पनि थियो।

यसपालिको चुनावका लागि समानुपातिकतर्फको मतपत्र एउटै हुने हुँदा मताधिकार कैदीबन्दीलाई नभएको घिमिरेले सुनाए। एउटा प्रदेशको जेलमा अर्को प्रदेशको पनि कैदीबन्दी हुन्छन्, तर प्रदेश र केन्द्रका लागि समानुपातिकको मतपत्र एउटै बनेको । उनले भने, त्यही अप्ठेरोले मताधिकार गुमेको छ। देशभरका जेलमा भएका झन्डै १९ हजारमा १ हजारमात्रै वालिग नभएको हुनसक्ने पनि घिमिरेले औंल्याए ।
अन्नपूर्णबाट

Logo