फेसबुकको नयाँ अभियान : प्रयोगकर्तासंगै माग्न थाल्यो निर्वस्त्र फोटो

फेसबुकको नयाँ अभियान : प्रयोगकर्तासंगै माग्न थाल्यो निर्वस्त्र फोटो


क्यालिफोर्निया, २४ कात्तिक ।
प्रतिशोध राखेर फेसबुकमा विभिन्न ब्यक्तिहरुको निर्वस्त्र फोटोहरु अपलोड हुन थालेपछि फेसबुकले उक्त कार्यलाई रोक्ने अभियान थालेको छ । यो अभियानमा निर्वस्त्र फोटो अपलोड हुनसक्ने सम्भावित खतरामा पर्ने ब्यक्तिहरु स्वंयले आफैंले खिचेको निवस्त्र तस्विर फेसबुकमा पठाउन अनुरोध गरेको छ ।

यसरी फोटो पठाएका ब्यक्तिको फेसबुकले डिजिटल फिंगरप्रिन्ट बनाएर राखेपछि अरु कसैले अपमान गर्ने मनसायले फोटो पोष्ट गर्न खोज्दा नमिल्ने फेसबुकले दावा गरेको छ । फेसबुकमा फोटो पठाउदाँ त्यहाँ कार्यरत ब्यक्तिहरुले उक्त फोटोको डिजिटल फिंगरप्रिन्ट बनाएर धमिलो बनाउनु भन्दा अगाडी हेर्न भने सक्ने छन् ।

प्रयोगकर्ताहरुलाई आफ्नो निवस्त्र तस्विर फेसबुकका कर्मचारीहरुवाट चुहावट हुन सक्नेमा पनि आशंका रहेको छ । आफ्नो निवस्त्र फोटोलाई फेसबुकमा आउनवाट रोक्नकै लागि आफ्नो निवस्त्र फोटो पठाउनु पर्ने देखिन्छ । अर्को तर्फ समाजिक संजालमा फेसबुक झैं प्रभावकारी रहेका ट्विटर र इन्ष्टाग्राममा अपलोड भएमा के गर्ने भन्ने अन्यौल पनि देखिएको छ ।

फेसबुकले यो अभियानमा पहिलो परिक्षण अभियान अष्ट्रेलियावाट थाल्ने जनाएको छ । जसका लागि फेसबुकले प्रयोगकर्ताहरुलाई आफ्नो निवस्त्र फोटोलाई फोसबुकमा आउनवाट रोक्ने हो भने आफ्नो मेसेन्जर मार्फत पठाउन अनुरोध गरिसकेको छ ।

अष्ट्रेलियावाट फोटो पठाउने ब्यक्तिले पहिला अष्ट्रेलियन सरकारले तोकेको ‘ईसेफ्टी कमिसन’ लाई जानकारी दिनु पर्ने छ । त्यसपछि प्रयोगकर्ताले आफ्नो फोटोले फेसबुकको नीति नियमको उलंघन गरेको जनाउदैं फोटो पठाउनु पर्ने छ । यसरी पठाएको फोटोलाई तत्काल धमिलो बनाईने छ । उक्त फोटोको डिजिटल फिंगरप्रिन्ट तयार पारेपछि फेसबुकले प्रयोगकर्ताले पठाएको तस्विरलाई हटाउने गर्छ । तर फेसबुकले यसरी धमिलो गरेको तस्विरलाई कति समयसम्म राख्छ भन्ने कुरालाई खुलाएको छैन ।

फेसबुकले अहिले बनाएको योजना अनुसार काम हुँदै गयो भने रिसाएको अवस्थामा कुनै पनि प्रेमीले पूर्व प्रेमीकाको निवस्त्र तस्विर फेसबुकमा पोष्ट गर्न सक्दैनन् ।
फेसबुकका प्रवक्ताका अनुसार यो कार्य बेलायत, क्यानाडा र अमेरिकामा पनि चाडै नै शुरु हुने छ । फेसबुकका अनुसार यो अभियानमा प्रयोगकर्ताले विश्वासका साथ, साथ दिएमा हामीले मात्र सफलता पाउदैनौं अरु सामाजिक संजालले पनि यसलाई लागू गर्नेछन् ।

Logo