मंगल ग्रहमा मान्छे रहेको दाबीपछि वैज्ञानिकहरू चकित

मंगल ग्रहमा मान्छे रहेको दाबीपछि वैज्ञानिकहरू चकित


पत्याउनुहोस्, नपत्याउनुहोस्, मंगल ग्रहमा मानिस बसोबास गरिरहेका छन् । उनीहरु जमिन मुनि बस्छन् । कर्बनडाइअक्साइड लिन्छन् । ७ फिट अग्ला छन् । उनीहरु मर्दैनन् । ३५ बर्षको उमेरदेखि उनीहरुको उमेर रोकिन्छ । यो हाम्रो दाबी होइन । एक फुच्चेको हो, जसको नाम हो– बोरिस्का ।

रुसमा बस्ने यि फुच्चेको यस्तो भनाइले अहिले वैज्ञानिकहरु समेत चकित भएका छन् भन्दै बेलायतको चर्चित डेली मेलको अनलाइन संस्करणले समाचार लेखेको छ । ती फुच्चेले यसअघि आफू मंगल ग्रहमा नै रहेको समेत दाबी गरेका छन् ।

२० वर्षीय फुच्चेका अनुसार, मंगल ग्रह र इजिप्टको पिरामिडबीच पनि सम्बन्ध छ । अब भविष्यमा यो कुराको भेद खुल्नेछ । उनले पिरामिडका बीचमा रहेको विशालकाय प्रतिमा खुल्ने राज समेत आफूले जानेको बताएका छन् । त्यो प्रतिमाको कान पछाडि रहेको र त्यो खुलेपछि विश्व पूर्ण रुपमा बदलिने बताइएको छ । (एजेन्सी)

Logo