वीरगञ्ज, कात्तिक २४
रक्सौल–वीरगञ्ज–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना निर्माणको स्थलगत अध्ययन अनुगमनका लागि भारतीय आयल कर्पोरेसन (आईसोसी) को तीन सदस्यीय टोली नेपाल आएको छ । "/>

पेट्रोलियम पाइपलाइन निरीक्षण गर्न भारतीय टोली वीरगञ्जमा

पेट्रोलियम पाइपलाइन निरीक्षण गर्न भारतीय टोली वीरगञ्जमा


वीरगञ्ज, कात्तिक २४
रक्सौल–वीरगञ्ज–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना निर्माणको स्थलगत अध्ययन अनुगमनका लागि भारतीय आयल कर्पोरेसन (आईसोसी) को तीन सदस्यीय टोली नेपाल आएको छ ।  करिब चार अर्ब भारतीय रुपियाँको लगानीमा निमार्ण हुन लागेको भारतको मोतिहारी देखि नेपालको अमलेखगञ्ज सम्मको ६९.९ किलोमिटर पेट्रोलियम पाइपलाइनको कामको स्थलगत अनुगमन तथा अध्ययनका लागि तीन सदस्यीय भारतीय टोली नेपाल आएको हो । भारतीय आयल कर्पोरेसनका निर्देशक अनिश अग्रवालको नेतृत्वमा पेट्रोलियम पाइपलाइन परियोजनाका भारततर्फका योजना प्रमुख प्रमोद नारङ्ग र नेपालतर्फको पेट्रोलियम पदार्थ हेर्ने निकायका डीजीएम एस एस बोस रहेको नेपाल आयल निगमका वीरेन्द्र गोइतले जानकारी दिए ।  परियोजनाका भारतीय उच्च अधिकारीसँग बिहीबार छलफल भइरहेको र परियोजनाको काम कुन अवस्थामा रहेको छ के कस्ता समस्या छन् र कसरी परियोजनालाई चाँडै सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको उनले बताए।
गोरखापत्रबाट

Logo