चितवन ,२४, कात्तिक

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसको फेर समातेर सरकारमा जानुपर्ने अवस्था अन्त्यका लागि वाम गठबन्धन गरेको बताएका छन् । "/>

कांग्रेससँग मिलेर अब कहिल्यै सरकारमा जानु नपरोस भन्नका लागी वाम गठबन्धन -प्रचण्ड

कांग्रेससँग मिलेर अब कहिल्यै सरकारमा जानु नपरोस भन्नका लागी वाम गठबन्धन -प्रचण्ड


चितवन ,२४, कात्तिक

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसको फेर समातेर सरकारमा जानुपर्ने अवस्था अन्त्यका लागि वाम गठबन्धन गरेको बताएका छन् । दुई पार्टीले आँट नगर्दा सरकार सञ्चालनको डाडुपन्यूँ कम्युनिस्टको हातमा नआउने भएकाले मिल्नुको विकल्प नभएको उनको भनाइ छ । ‘अब पनि हामी दुई पार्टी नमिल्ने हो भने कांग्रेसको फेर समातेर सरकारमा जानुपर्ने अवस्था आउँछ’, उनले भने, ‘एकता बिना कम्युनिस्टको हातमा डाडुपन्यूँ आउँदैन । त्यसैले कार्यकर्ताले झकझकाउनु पर्छ ।’ उनले ७० वर्षको समीक्षा गरेर नेतृत्वले पार्टी एकीकरण गर्न लागेको उल्लेख गर्दै त्यसमा शंका नगर्न कार्यकर्तालाई आग्रह गरे । लामो समयपछि पार्टी एकीकरणले मूर्तरूप लिन लागेको उनले बताए । मदन भण्डारी हुँदा एकीकरणको प्रयास भएको सुनाउँदै उनले अहिले सफल हुन लागेको बताए । भरतपुरमा आयोजित कार्यक्रममा उनले एमाले र माओवादी केन्द्र बीच धेरै वर्षपछिको एकता प्रयास सफल हुन लागेको सुनाएका हुन् । ‘१० दिन मात्र निर्वाचन सारेको भए हामी पार्टी एकीकरण गरेर निर्वाचनमा जान्थ्यौं’, उनले भने, ‘ धेरै वर्षपछि एकीकरण हुन लागेको छ सबै तात्नुपर्छ ।’
अन्नपूर्णबाट

Logo