सुटिङको समयमा गर्भवती हुने अभिनेत्रीहरू

सुटिङको समयमा गर्भवती हुने अभिनेत्रीहरू


मुम्बाई, २३ कात्तिक । करिना कपूर अहिले ‘बिरे दी वेडिङ’को सुटिङमा ब्यस्त भैरहेकी छिन् । यो फिल्मको सुटिङ भैरहेको बेला करिना गर्भवती भएकी थिइन् । गर्भवती भएपनि उनले केही सिनहरुको सुटिङ गरेर सन्तान पाउनका लागि ब्रेक लिइन् । करिनाले छोरा तैमुरलाई जन्मदिएको केही समयपछि अहिले पून: बाँकी रहेको सिनको सुटिङमा ब्यस्त भएकी हुन् ।

सन् २०१२ मा ‘हिरोइन’ फिल्मको अभिनेत्रीमा ऐश्वर्या रायलाई अनुवन्ध गरिएको थियो । जब फिल्म सुटिङमा जान लाग्यो ऐश्वर्या राय गर्भवती भएको कुरा थाहा भयो । अन्तत: निर्माताले ऐश्वर्याको ठाउँमा करिनालाई लिएर फिल्मको सुटिङ अगाडी बढायो । यो घटनाले गर्दा मुम्बाईको फिल्म इण्डष्ट्रिजमा कुनै पनि अभिनेत्रीले आफु सुटिङको समयमा गर्भवती हुन्न भन्ने कागज गर्नुपर्ने माग बढेको थियो । तर यो बिषयलाई अहिलेसम्म कसैले वास्ता गरेको छैन ।

सन् २०१० मा ‘वि आर फेमिली’ फिल्मको सुटिङ भैरहेको समयमा काजोल गर्भवती भईन् । फिल्ममा काजोलको रोल तिन सन्तानको आमाको थियो । तर काजोलले आफु आमा बन्नु भन्दा अगाडी आफ्नो भागमा रहेको सबै दृष्यहरुको छायांकन सकेर फिल्मको प्रचारप्रसारमा समेत लागेकी थिइन् । उनका श्रीमान् अजय देवगन भने काजोलले सकभर आराम गरे हुन्थ्यो भन्ने चाहिरहेका थिए ।

श्रीदेवीलाई आफु पहिलो पटक गर्भवती भएको थाहा पाउदा सन् १९९७ मा उनी ‘जुदाई’ फिल्मको सुटिङमा ब्यस्त रहेकी थिईन् । आफ्नै श्रीमान् बोनी कपूरले निर्माण गरेको फिल्म भएको कारण श्रीदेवीले पनि आफ्नो सिनहरुलाई चाडै सकिन् । सोही फिल्ममा उर्मिलाको क्यारेक्टरवाट प्रभावित भएर उनले आफ्नो पहिलो छोरीको नाम जाहन्वी राखेकी थिईन् ।

सन् २००१ मा छायांकन गरिएको ‘आमदानी अठन्नी खर्चा रुपैंया’को सुटिङ भैरहेको समयमा जुही चावला पहिलो पटक गर्भवती भएकी थिईन् । उनले गर्भवती भएकै बेला फिल्मको सबै सुटिङ सकेर अमेरिका तर्फ लागिन् । पहिलो सन्तान जन्माएपछि उनी केही बर्षमै ‘झंकार बिट्स’ फिल्मका अनुबन्ध भईन् । यो फिल्मको पनि सुटिङ भैरहेको अवस्थामा जुही दोस्रो पटक गर्भवती भएकी थिईन् ।

सन् १९७५ मा प्रदर्शनमा आएको चलचित्र ‘शोले’को सुटिङ भैरहेको समयमा जया बच्चन गर्भवती रहेकी थिईन् । तिन महिनाको गर्भवती भएको अवस्थामै उनले आफ्नो भागमा रहेका सिनहरुको सुटिङ गरेर समाप्त पारिन् । शोलेका केही दृष्यमा जया गर्भवती भएको देख्न समेत सकिन्छ । तर संयोग कस्तो जुरायो भने शोलेको प्रदर्शन हुन्जेलसम्म पनि जयाले अभिषेक बच्चनलाई जन्म दिएकी थिइनन् ।

Skip This
Logo