पोखरा, कात्तिक, २३
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले कास्कीमा १५ जना दलितलाई उम्मेदवार बनाएका छन् । "/>

कास्कीमा पन्ध्र दलित उम्मेदवार

कास्कीमा पन्ध्र दलित उम्मेदवार


पोखरा, कात्तिक, २३
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले कास्कीमा १५ जना दलितलाई उम्मेदवार बनाएका छन् । प्रतिनिधिसभा अन्तर्गत कास्की क्षेत्र नं १ मा नेपाल दलित पार्टीले राजु परियार, क्षेत्र नं २ मा दलित पार्टीबाटै लक्ष्मी विश्वकर्मा, क्षेत्र नं ३ मा वाम गठबन्धनले नेकपा (एमाले) का जगतबहादुर सुनार विश्वकर्मा, संघीय समाजवादी फोरमले डिलबहादुर नेपाली र नेपाल दलित पार्टीले दुर्गाबहादुर कामीलाई उम्मेदवार बनाएको छ ।

यस्तै क्षेत्र नं १ को (क) मा नेपाली काँग्रेसले जीवन परियार, नेपाल दलित पार्टीले मानबहादुर कामी, (ख) मा दलित पार्टीले भीमबहादुर दर्जी, क्षेत्र नं २ को (क) मा संघीय समाजवादी फोरमले किसन विश्वकर्मा, (ख) मा नेपाल दलित पार्टीले मीठु परियार, क्षेत्र नं ३ को (क) मा जनसमाजवादी पार्टीले गोरे दमाई, संघीय समाजवादी फोरम नेपालले चीनबहादुर नेपाली, मंगोल नेशनल अर्गनाइजेशन पार्टीले सुरेन्द्र विश्वकर्मा र (ख) मा नेपाल दलित पार्टीले कमला विकलाई उम्मेदवार बनाएको छ ।
गोरखापत्रबाट

Logo