हुम्ला,२२, कात्तिक

हुम्ला जिल्लामा आगामी मंसिर १० मा हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा २७ हजार ४३५ जना मतदाताले आफनो मताधिकार प्रयोग गर्न पाउने भएका छन् । "/>

हुम्लामा २७ हजार बढी मतदाताले मताधिकार प्रयोग गर्ने

हुम्लामा २७ हजार बढी मतदाताले मताधिकार प्रयोग गर्ने


हुम्ला,२२, कात्तिक

हुम्ला जिल्लामा आगामी मंसिर १० मा हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा २७ हजार ४३५ जना मतदाताले आफनो मताधिकार प्रयोग गर्न पाउने भएका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा हुम्लामा २४ हजार ५ सय ६२ ले आफ्नो मकताधिकार प्रयोग गरेका थिए । आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि दुई हजार आठ सय ७३ मतदाता थपिएका छन् । जसमध्ये प्रदेश नं (क) मा जम्मा पुरुष आठ हजार ३४ र महिलाहरु सात हजार पाँच सय ८८ गरी जम्मा १५ हजार ६ सय २२ छन् ।  यस्तै गरी प्रदेश नं (ख) मा ६ हजार १ सय ३८ पुरुष र पाँच हजार ६ सय ७५ महिला गरी जम्मा ११ हजार ८ सय १३ जना छन् । प्रदेश र प्रतिनीधिसभाको निर्वाचनका लागि दुई हजार आठ सय ७३ जना थपिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी प्रदिपसिहं धामीले जानकारी दिए । उनका अनुसार एक हजार तीन सय ९६ महिला र १ हजार ४ सय ७४ जना पुरुष थपिएका छन्।
नयाँपत्रिकाबाट

Logo