आईफोनले अर्को दुई मोडल ल्याउने

आईफोनले अर्को दुई मोडल ल्याउने


क्यालिफोर्निया, २१ कात्तिक । एप्पलले बजारमा हालै ल्याएको आईफोन एक्स अबको केही दिन मात्र बिक्रि भएपछि पहिलो चरणको उत्पादनहरु सकिने देखिएको छ ।

विश्वकै सर्वाधिक महंगो स्मार्ट फोनको रुपमा रहेको आईफोन एक्सको सफलतावाट हौसिएको एप्पलले निकट भविष्यमै आईफोनको दुई नयाँ मोडललाई सार्वजनिक गर्ने अनुमान गरिएको छ । जानकारहरुका अनुसार सम्भवत अव आइफोनको एक्सको अपडेटेड भर्जन र केही ठुलो आकारको आईफोन एक्सएल निकाल्ने योजना बनाएको बताइन्छ ।

अव बजारमा आउने नयाँ मोडलमा ओलिड डिस्प्लेमा स्टेनलेस स्टिलको केस समेत रहने छ । जसको लागि एप्पलले स्टेनलेस स्टिललाई सुधार गरेर डाटा ट्रासफर सजिलै हुने किसिमले पनि निर्माण गर्न सक्ने देखिएको छ ।

आईफोनको पछिल्लो पटक आएका मोडलहरुमा आईफोन एट ४ दशमलब ७ इन्च र आइफोन एट प्लस ५ दशमलब ५ इन्च एलसिडी स्क्रिन रहेको छ भने आईफोन एक्समा भने ५ दशमलब ८ इन्चको ओलिड स्क्रिन रहेको छ । अब आईफोन एक्सको साइज ठुलो भर्जनमा आउने अनुमान गरिएको छ । आईफोनको पछिल्ला यि उत्पादनहरुले एप्पल कम्पनीको सेयर मुल्य बढाएर १० खर्ब डलर भन्दा बढी बनाएको छ ।

Skip This
Logo