रसुवा २१, कात्तिक

आगामी मंसिर १० र २१ गते हुने प्रदेश तथा संघीय निर्वाचनका लागि नेपालको उत्तरी छिमेकी देश चीनबाट रसुवागढी नाका हुदै धमाधम निर्वाचन सामग्री आइरहेको छ । "/>

निर्वाचन सामाग्री केरुङबाट नेपाल ल्याईंदै

निर्वाचन सामाग्री केरुङबाट नेपाल ल्याईंदै


रसुवा २१, कात्तिक

आगामी मंसिर १० र २१ गते हुने प्रदेश तथा संघीय निर्वाचनका लागि नेपालको उत्तरी छिमेकी देश चीनबाट रसुवागढी नाका हुदै धमाधम निर्वाचन सामग्री आइरहेको छ । नेपाल–चीन बीच हाल सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाकावाट दुई पटक गरेर पाँच कन्टेनरमा निर्वाचन सामग्री नेपाल भित्रिएका छन् । काठमाडौबाट १५२ किलोमिटर दुरीमा उत्तर भोटेकोशी नदी किनारमा रहेको रसुवागढी नाकाबाट मतपेटिका बाहेकका निर्वाचन सामग्री आउने क्रम सुरु भएको रसुवाका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिइन् । सोमबार सम्म निर्वाचन सामग्री बोकेका पाँच थान कन्टेनरलाई रसुवागढी नाकावाट प्रवेश गराई नुवाकोटको विदुर हुदैँ काठमाडौ पठाइएको छ । रसुवा प्रशासनका अनुसार आगामी मंसिर १० र २१ दुई चरणमा गरिने तय भएको निर्वाचनका लागि केरुङबाट पहिलो चरणमा दुई वटा र दोश्रो चरणमा तीन कन्टेनरमा विभिन्न प्रकारका निर्वाचन सामग्री बोकेका कन्टेनर आयात भएको आयातकर्ता ग्लोवल लजिविटक सप्लायर्सका प्रदीप बस्नेतले जानकारी दिए । उनका अनुसार पाँच थान कन्टेनरमा चीनको ग्वान्झाओ, सिगात्सेबाट केरुङ हुँदै रसुवागढी नाकावाट निर्वाचनका लागि छेकाबार ३० हजार, सिल तीन लाख, मार्कर ७७ हजार थान, रवर म्याट २५ हजार थान र इंक तथा इंक प्याड ६० हजार थान नेपाल भित्रिसकेका छन् ।
अन्न्पूर्णपोष्टबाट

Logo