दमौली , २०, कात्तिक

नेपाली कांग्रेसका पूर्व सह–महामन्त्री गोविन्दराज जोशीले तनहुँ क्षेत्र १ बाट दिएको स्वतन्त्र उम्मेदवारी खारेज असंवैधानिक भएको भन्दै यसले विधिको शासनको खिल्ली उडाएको टिप्पणी गरेका छन्। "/>

उम्मेदवारी खारेजबारे मलाई जानकारी छैन -गोविन्दराज जोशी

उम्मेदवारी खारेजबारे मलाई जानकारी छैन -गोविन्दराज जोशी


दमौली , २०, कात्तिक

नेपाली कांग्रेसका पूर्व सह–महामन्त्री गोविन्दराज जोशीले तनहुँ क्षेत्र १ बाट दिएको स्वतन्त्र उम्मेदवारी खारेज असंवैधानिक भएको भन्दै यसले विधिको शासनको खिल्ली उडाएको टिप्पणी गरेका छन्। सर्वोच्च अदालतमा आफू विरुद्धको भ्रष्टाचारको मुद्दा विचाराधिन अवस्थामा रहेकै बेला एकाएक निर्वाचन आयोगले उम्मेदवारी खारेज सम्बन्धी निर्णय गरेको आफूले सुनेको जोशीले बताए। ‘मैले मेरो उम्मेदवारी खारेज गरिएको भन्ने सुनें,’ दमौलीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ,‘मलाई दाबी विरोध परेको तथा उम्मेदवारी खारेज गरिएको कुनै जानकारी दिइएको छैन।’ उम्मेदवारहरुलाई बोलाएर आफ्नो प्रतिरक्षा गर्न दिइनुपर्ने कानुनी व्यवस्था भएको भए पनि आफूलाई आफ्ना कुरा राख्न नबोलाइएको जोशीले दाबी गरे।
‘म विरुद्धको उजुरीमा मैले प्रतिरक्षा गर्न पाउनुपर्ने हो,’ उनले भने, ‘तर मलाई मौका पनि दिइएन।’ उनले निर्वाचन आयोगबाट नाम हटाएको सुने पनि कानुनी रुपमा आफूले उम्मेदवारी हटेको जानकारी नपाएकाले उम्मेदवारी कायमै रहेको जिकिर गरे।
अन्नपूर्णबाट

Logo